देश

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

हेटौंडा । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोकेका छन् । नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पुरा पढौ

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाण्डौं । सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार मध्यम… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाण्डौं । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत०)का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि… पुरा पढौ

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दीलिप, सचिवमा जीवन

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन् । एमाले महानगर कमिटीको अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् । अध्यक्षमा उमेद्वारी दिएका अन्य उमेद्वारहरुले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । यसअघी नेकपा एमाले पोखरा महानगर कमिटीमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उमेद्वारी दिएका थिए । महानगर कमिटीको अध्यक्षमा उमेद्वारी दिएका पौडेल वर्तमान महानगर कमिटीका अध्यक्ष हुन्… पुरा पढौ

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु. ९२ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो । त्यस्तै चाँदी प्रतितोला रु. एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी… पुरा पढौ

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनेछन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र,… पुरा पढौ

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप हिँजो (बुधबार) बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ। यसअघि, पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कूल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ। पुरा पढौ

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् । केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई-दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको… पुरा पढौ

सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु. ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार तोकिएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु. ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार १०० तोकिएको थियो । त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको… पुरा पढौ

कोरियामा कामदार पठाउन सुरू, आज ४८ जना जाँदै

दक्षिण कोरियामा आज (बुधबार)देखि कामदार पठाउन सुरु गरिँदैछ। कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान लागेका हुन्। पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ । पुरा पढौ