देश

‘पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’ : मन्त्री आले

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले दिएको दिव्योपदेश अहिले पनि मार्गदर्शक रहेको बताएका छन् । शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आज संयुक्त रुपमा आयोजना गरेको ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार गोष्ठीमा उहाँले शाहका नीति र विचार दूरदर्शीयुक्त भएको उल्लेख गरे । “काठमाडौँलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई… पुरा पढौ

बागमती प्रदेशको मुख्य न्याधिवक्तामा श्रेष्ठ

धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएको छ । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुख यादवले संविधानको धारा (६) को उपधारा(२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरे । त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराएका छन् । पुरा पढौ

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिम । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आएका थिए । भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्वव्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताए। सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको… पुरा पढौ

उज्ज्वल थापा फाउन्डेसन स्थापना

काठमाडौ । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहनुभएका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ । नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो । फाउण्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्नेस स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पु¥याउनेस सामाजिक अभियान सञ्चालन… पुरा पढौ

गडहरे गुफाको भूभौतिकी सर्भे गरिने

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि यसअघि गरिएको भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएसँगै अब दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको हो । भीरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविद गरी १२ जनाको टोलीले छ दिन लगाएर गत भदौमा भौगर्भिक अध्ययन गरेको थियो । गुफाभित्र ६८० मिटर… पुरा पढौ

कोरोनाका कारण पोखरा महोत्सव स्थगित

पोखरा २५ पुष पोखरामा आयोजना हुने भनिएको एघारौ पोखरा महोत्सव स्थगित भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भनिएको एघारौं संस्करणको पोखरा महोत्सव स्थगित भएको हो । आयोजक युनाइटेड क्लव पोखराले सोमबार एक विज्ञप्ती जारी गर्दै महोत्सव स्थगित गरेको जनाएको हो । क्लवका अध्यक्ष राजु श्रेष्ठले जारी गरेको विज्ञप्तीमा कोभिडका कारण नेपाल सरकारको कोभिड १० संकट ब्यबस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले २५ जना भन्दा बढी भेला हुन रोक लगाएकाले… पुरा पढौ

माघ १५ सम्म विद्यालय बन्द:शिक्षा मन्त्रालय

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने बताइएको छ । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको… पुरा पढौ

महिलालाई सशक्तिकरण गर्न माछापुच्छ्रेमा ‘ड्राइभिङ तालिम’

पोखरामाछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालकको तालिम सञ्चालन गरेको छ ।उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम अन्तर्गत महिलालाई व्यवसायिक रुपमा चालक बनाउने उद्देश्य अनुरुप १८ जना महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको लागि तालिम सञ्चालन गरेको माछापुच्छ्रे गाँउपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।“हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसै अन्तर्गत शुरु गरेका हौ ।” दवाडीले भन्नुभयो । महिलालाई परम्परागत सीप भन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर महिला सशक्तिकरणका… पुरा पढौ

भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा न्यौपाने, प्रथम उपाध्यक्षमा भान्साकार्य

पोखरा भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा पूर्णप्रसाद न्यौपाने चयन भएका छन् । भाषा संघ नेपालको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सृजन भान्साकार्य र द्वितीय उपाध्यक्षमा मोती श्रेष्ठ चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा निलम बाटाजु र कोषाध्यक्षमा सविता शेरचन चयन भएका छन् । समितिको सदस्यहरुमा कृष्णप्रसाद आचार्य, रवि विश्वकर्मा, सरोज थापा, पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी र सविन गौतम चयन भएका छन् । पुरा पढौ

बतासको लगानीमा निर्णय भएको छैन : नगरप्रमुख न्यौपाने

तनहुँ । व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए । नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो ।… पुरा पढौ