देश

नेपालमा कोरोना संक्रमितको संख्या फेरी बढ्दो

पोखरा । नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो । पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५… पुरा पढौ

गण्डकीका जनताको जीवनस्तर उकास्नेगरी काम गर्छु : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकीका जनताको जीवनस्तर उकास्नेगरी काम गर्ने बताएका छन् । सराङ्कोटमा निर्माण गरिएको गणेश मन्दिरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकीको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने बताएका हुन् । हिजो विकास र समृद्धि नारामा मात्र सिमित भयो,उनले भने,‘म अर्थमन्त्री भएर आएसँगै विकास र समृद्धिका लागि ठूलो अवसर प्राप्त भएको छ, यसको आधार निर्माण गर्दै गण्डकीका जनताको जीवनस्तर उकास्ने खालका योजना र कार्यक्रम ल्याउँछु ।’ तर यो जिम्मेवारी सबैको साझा भएको बताए । ‘प्राविधिक रुपमा अर्थमन्त्रीको जिम्मेवारी… पुरा पढौ

टोकियो ओलम्पिकः कल्पनाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा शनिबार बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा कल्पनाले ६१६.८ स्कोर बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिँजो (शुक्रबार)देखि औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले पनि रसियाली खेलाडी डोल्गोभा इरिनासँग ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। पुरा पढौ

टोकियो ओलम्पिकमा नेपालको खेल सुरु

टोकियो ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोके। नेपालबाट ४ खेलका ५ खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्। शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन्। भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्। त्यस्तै, जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।… पुरा पढौ

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु हो : प्रधानमन्त्री देउवा

काठमाण्डौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरूप्रति नमन गर्दै शुमकामना व्यक्त गरेका हुन् । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरूप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई… पुरा पढौ

आज गुरु पूर्णिमा मनाइँदै

काठमाण्डौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपसमेतमा… पुरा पढौ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ । “सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । पुरा पढौ

हवल्दार गुरुङको हत्याका ओरोपी पक्राउ

चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाँडा खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ । पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो । प्रहरी उपरीक्षक… पुरा पढौ

सुजिता मृत्यु प्रकरण : एकजना पक्राउ

चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिनुभयो । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी… पुरा पढौ

सपथग्रहण बहिस्कार गरेको जसपाद्वारा सरकार छाड्ने धम्की

थपिएका मन्त्रीहरुको सपथग्रहण बहिस्कार गरेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार छाड्ने धम्की दिएको छ । गण्डकी प्रदेशमा २ सांसद रहेको जसपाले दुबै जनालाई मन्त्री बनाउन माग गरेको थियो । सो मागमा सरकारको नेतृत्व गरेको जसपाले सहमति पनि जनाएको थियो । तर शुक्रबार मन्त्री परिषदलाई पूर्णता दिदा जसपाले भाग नपाएपछि जसपा असन्तुष्ट बनेको छ । उसले यसलाई धोका र बेइमानीको श्रृंखला भएको बताएको छ । जसपा संसदीय दलले निर्णय नगरेपनि जसपाले शुक्रबारको सपथ ग्रहण बहिस्कार गरेको छ भने अब सरकारबाटै बाहिरिने… पुरा पढौ