देश

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

काठमाडौ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका चाँडो तोक्नसमेत… पुरा पढौ

बस दुर्घटनामा शिशुको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ ।आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालकको मत्यु भएको हो । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द… पुरा पढौ

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।… पुरा पढौ

यस पटकको आहा ! रारा फुटबलमा १० टिमको सहभागिता

२० औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा १० वटा टिमको सहभागी हुने भएको छ। माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने यस संस्करणको प्रतियोगितामा आयोजक सहारा क्लब सहित ३ विभागीय, एक विदेशी टिम र ५ ए डिभिजन फुटबल क्लबले सहभागिता जनाउने आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। आयोजक सहारा क्लब, विभागीय क्लबहरु आर्मीको त्रिभुवन आर्मी क्लब, प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र… पुरा पढौ

विद्यालय बन्द गर्ने निर्णय भएको छैन: शिक्षा मन्त्रालय

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जनाएको छ। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो। सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। सीसीएमसी व्यवस्थापन… पुरा पढौ

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गरिएको थियो । शनिबार र आइतबारको तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर बढ्दै गएको देखाएको छ । आजको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका… पुरा पढौ

देशको विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १७औँ साधारणसभा एवम् नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए । “मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन”, उनले भने । उनले कृषि,… पुरा पढौ

अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नपाइने

काठमाण्डौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट समन्वय केन्द्र सीसीएमसी को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । बैठकल अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानिय प्रशासनको अनुमति लिएर गर्ने… पुरा पढौ

पाँच दलीय गठबन्धनले भन्यो : राष्ट्रिय सभा सदस्यको चुनावमा प्रतिगमनलाई गण्डकीमा टाउको उठाउन दिदैनौं

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो । संसद विघटन गर्ने केपी ओलीको कदमलाई प्रतिगमन भन्दै पाँच दलीय गठबन्धन बनाएर लडेका उनीहरुले राष्ट्रिय सभा सदस्यको निर्वाचनपनि गठबन्धनबाटै लड्दैछन् । गठबन्धनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सरकारलाई… पुरा पढौ

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गरे । ‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उनले भने, ‘व्यवसायी र लगानीकर्ताहरुको हित विपरितको ऐनहरुलाई परिमार्जित गर्दै नियमानुसार सहज र सरल बनाउने छौं ।’ मन्त्री थापाले आरकेडी होल्डीङग कम्पनीले… पुरा पढौ