देश

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फबाट आइतबार हुने

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरे । त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । सभामुखका तर्फबाट आइतबार बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा… पुरा पढौ

ओलम्पिकमा गोपीको सट्टा सरस्वती चौधरी !

नेपालका धावक गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीले आज एक विज्ञप्ति निकाल्दै नेपालले एथ्लेटिक्समा नभई १०० मिटर महिला दौडमा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ। ओलम्पिक छनोट अन्तर्गत गत बर्ष नेपालगञ्ज म्याराथनमा गोपी विजयी हुँदै टोकियोको टिकट पक्का गरेका थिए। खेलाडीहरुलाई बुधबारदेखि सोल्टी होटेलमा राख्दा गोपीको नाम थिएन। यस विषयमा गोपीले नै आफ्नो ओलम्पिक खेल्ने सपना साकार हुन नसकेको बताए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका… पुरा पढौ

हङकङ नेपाली महासङ्घद्वारा एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

पोखरा । नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासङ्घले कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको महासङ्घका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङले जानकारी दिएकी छिन् । संयोजक गुरुड.का अनुसार नेपालमा कोरोना सङ्क्रमणको दर र मृत्यु दरमा सोचे जति कमी नआएकाले महासङ्घले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दूतावास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन… पुरा पढौ

पहिरोका कारण नारायणघाट–मुग्लिङ सडक खण्ड फेरि बन्द, देशभर १४ वटा सडक खण्ड ठप्प

बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको समाचार छ। ४९ सडक खण्ड एकतर्फी रुपमा संचालन भइरहेको सडक विभागले जनाएको छ। चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ। चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ। सडक विभागका अनुसार, डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ। तर, सडकमाथिबाट ढुंगा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ। यस्तै, पहिरोका कारण मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउने सडक… पुरा पढौ

पानीको निकास नहुँदा लेखनाथको कालिका नगर डुबानमा

पानीको निकास नहुँदा पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित कालिका नगर डुबानमा परेको छ । लगातारको वर्षापछि आएको भलपानी र स्थानिय बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनेको नहरको पानीसमेत मिसिएर कालिका नगरमा जम्मा हुँदा सो क्षेत्र डुबनमा परेको हो । माथिबाट आएको पानीले उचित निकास नपाउँदा आफूहरु बसोबास गर्ने कालिका नगर क्षेत्र डुबानमा परेको स्थानिय शिवजी लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रका करीब ६० घर डुबानमा परेका छन् । बाढी तथा पहिरो ब्यबस्थापन समितिका संयोजकसमेत रहेका लामिछानेले बिजयपुर बेगनास… पुरा पढौ

वर्षाले क्षेति पुगेकालाई क्षेतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रदेश सांसद बरालको आश्वासन

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले बर्षादका कारण पोखरा ३ नदीपुरमा क्षति भएको दुई घरको उचित क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । विहिबार पोखरा नदीपुर स्थित ज्ञानमार्गका दुई घरमा भएको क्षतिको बारे बस्तु स्थिती बुझ्दै बर्षादका कारण क्षती भएका घरहरुलाई उचित क्षती पुर्ति उपलब्ध गराउन बिषेश पहल गर्ने बताएका हुन्। असारे विकासको संस्कार अझै पनि कायम भएकोले गर्दा बर्षादको समयमा हुने पूर्वाधार निर्माणले थप समस्या ल्याउन सक्ने भएकोले थप सजग हुनु पर्ने… पुरा पढौ

क्वालिटी अफ लाईफ सराङकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क,… पुरा पढौ

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रमा हुनेछ मेघगर्जन र चट्याङसहित भारी वर्षा

पाेखरा । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी… पुरा पढौ

आजदेखि नियमित आन्तरिक उडान

काठमाडौँ। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार आजका लागि ५९ उडान निर्धारण गरिएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा… पुरा पढौ

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी छिन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम… पुरा पढौ