देश

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३।२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले… पुरा पढौ

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा… पुरा पढौ

नयाँ बर्षलाई स्वागत गर्न वेगनासमा ‘फिस फेष्टिभल’

नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा फिस फेष्टिभलको आयोजना गर्ने भएको छ । नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ माछा महोत्सव गर्न लागेको सस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् । वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सांस्कृतीक कार्यक्रम… पुरा पढौ

२१ औं फेवा नव बर्ष महोत्सव सुरु,आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाव

सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो ।… पुरा पढौ

कास्कीमा काँग्रेसको जरा अभियान प्रारम्भ,७२ वटै इकाइसम्म पुग्ने

नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि प्रारम्भ गरिएको छ । उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देश सहित नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारी सहित अभियान प्रारम्भ गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आएका छन् । अभियान कास्कीका ७२ इकाइसम्म पुग्ने छ । अभियानका क्रममा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक सँगै वितरण, जनसम्पर्क… पुरा पढौ

भुमे मैदान बहुउद्देश्यीय समुहको साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित

पोखरा १९ घार्मीमा रहेको भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समुहले बिभिन्न व्यक्ति र विद्यार्थीलाई सम्मान गरेको छ। समुहको सम्पन्न सातौं साधारण सभाको अवसरमा पत्रकारिता मार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको हो।समुहले हरेक वर्ष एकजनालाई प्रदान गरिने विशेष सम्मान यस वर्ष पोखरामा रहेर दुई दशक देखि पत्रकारितामा क्रियाशील पौडेललाई विशेष सामाजिक सम्मान प्रदान गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए।समुहले अघिल्लो वर्ष सो सम्मान सफाई अभियन्ता मानध्वज गुरुङलाई प्रदान गरेको थियो… पुरा पढौ

जनप्रिय माविमा कक्षा १२ लाई बिदाई

पोखरा ८, सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका थिए । कक्षा ११ का छात्र सागर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पास आउट विद्यार्थीलाई शुभकामना दिँदै समयको सदुपयोग गर्न सुझाव दिएका थिए । आफ्नो शैक्षिक यात्रा जनप्रियमै भएको बताएका बरालले उत्कृष्ट विद्यार्थी बनेर समाज र देशमा नमुना र योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाव… पुरा पढौ

सुप्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत उनको ९२ वर्षको उमेरमा निधन भएको हो । चिकित्सक डा। प्रतीत समदानीका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिएकी हुन् । अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई… पुरा पढौ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घले आज धादिङमा आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए । संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए । “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम… पुरा पढौ

पोखरामा युवती हत्या प्रकरण, दोषीलाई कडा कारबाहीको माग, प्रशासनको संवेदनशीलता व्यक्त

पोखरामा एक युवतीको हत्या भएको घटनापछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उक्त सम्बन्धमा तयार पारिएको ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो। चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल केसीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना घट्नुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन्।ध्यानाकर्षण… पुरा पढौ