देश

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी… पुरा पढौ

भोली प्रदेश २ मा सार्वजनिक बिदा

कार्तिक १३ जनकपुर । शुक्रबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइने भएको हो ।आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको… पुरा पढौ

हत्यारालाई राजनीतिक संरक्षण नगर्न अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले पर्सा हत्याकाण्डका हत्यारालाई राजनीतिक संरक्षण नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । सहसंयोजक तामाङले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा पर्सा जिल्ला कमिटी सदस्य तथा विन्ध्यबासिनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको अत्यन्त पासविक, बर्बर क्रुरतापूर्वक हत्या भएको भन्दै त्यसमा संलग्न अपराधीलाई राजनीतिक संरक्षण नगर्न चेतावनी दिएका हुन् । उनले दोषीलाई अविलम्व कानूनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् । सह-संयोजक तामाङले घटना भएको… पुरा पढौ

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

के तपाईंलाई आङ्नै सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्ने मन छ ? यदि तपाईंलाई मन छ भने अब तपाईंले चाहेजस्तै आङ सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्न पाउनु हुने भएको छ । किनकी कालीगण्डकीको खोंचमा पर्ने पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिवारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । ०७३ सालदेखी पुलको निर्माण शुरु गरेको प्रालिले कात्तिक… पुरा पढौ

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण

कार्तिक १३ पोखरा । बिहीबार नेपालमा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणको पुष्टि हुनेमध्य १३८० पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका… पुरा पढौ

सभापति देउवाद्वारा नेता गहतराजको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । दलित सङ्घका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो । सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उर्लाबारी–४ निवासी स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा… पुरा पढौ

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याउनुभएको छ ।प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ… पुरा पढौ

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् । उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त… पुरा पढौ

नेकाँ बैठक शुक्रबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।रासस पुरा पढौ

देशलाई शान्तिको बाटामा लान पैगम्बरको जीवन र उपदेशले प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री

मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश नं २ सरकारले यही कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।रासस पुरा पढौ