देश

राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन… पुरा पढौ

पत्रकार बास्तोला तथा सांसद द्वय गुरुङ र विष्ट सम्मानित

ऋषि लिला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार हरि बास्तोला पुरस्कृत भएका छन् । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित २० हजार राशीको उक्त पुरस्कारबाट बास्तोला पुरस्कृत भएका हुन् । पोखरा वृद्धाश्रमद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले नगदर २० हजारसहित दोषल्ला, माला र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरे । २०४५ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार बास्तोला रासस गण्डकी प्रदेशमा कार्यरत छन् । ३ दशक भन्दा बढी पत्रकारिता गरेका बास्तोला विकासमूलक पत्रकारितामा सबैभन्दा बढी कलम… पुरा पढौ

प्रत्यक्ष र समानुपातिकले ७०/३० प्रतिशत हुनेगरी नि.क्षे.पू.वि.कार्यक्रमको योजना बाँडफाँड हुने

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि संसोधन गर्दै प्रत्यक्ष र समानुपातिक सांसदलाई ७०÷३० प्रतिशत हुनेगरी योजना बाँडफाँड हुने भएको छ । प्रदेश सरकार मन्त्री परिषद बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि चौथोपटक संसोधन गर्दै प्रत्यक्ष निर्वाचित सांसदलाई ७० प्रतिशत र समानुपातिक सांसदलाई ३० प्रतिशत हुनेगरी योजनाको रकम बाँडफाँड गर्ने भएको हो । तर यो १ निर्वाचन क्षेत्रमा १ जना मात्र समानुपातिक सांसद भएको क्षेत्रमा मात्र लागु हुनेछ । २ वा २ भन्दा बढी समानुपातिक… पुरा पढौ

बाग्लुङपछि म्याग्दीपनि संकटग्रस्त जिल्ला

गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाईपनि संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्री परिषद बैठकले म्याग्दीलाईपनि प्राकृतिक बिपत्तीका कारण पुगेको क्षेतिका कारण संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि संघ सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बागलुङ जिल्लालाई मात्र संकटग्रस्त जिल्ला… पुरा पढौ

पौडेल बने फेवातालको चार किल्ला छुट्याउने कमाण्डर

फेवातालको चार किल्ला छुट्याउने जिम्मा कास्कीका नेकपा नेता पूण्यप्रसाद पौडेलले पाएका छन् । गण्डकी प्रदेश सरकारले पौडेललाई फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजक बनाएको हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ घर भएका पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति हुन् भने सत्तारुढ नेकपा गण्डकी प्रदेश समितिका कार्यालय सदस्य हुन् । पौडेललाई पछिल्लो मन्त्री परिषद बैठकले समितिका अन्य सदस्यहरुमा पोखरा महानगरपालिकाका प्रतिनिधि, डिभिजन वन कार्यालय पोखराका प्रमुख, राष्ट्यि ताल संरक्षण समितिका सदस्य, नापी विभागका उपसचिव तथा नापी… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री यथावत राख्ने प्रचण्ड र ओलीबीच सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यथावत राख्ने सहमति भएको छ । ओली र प्रचण्डबीच मंगलबार विहान भएको छलफलमा शाहीलाई मुख्यमन्त्रीमा यथावत राख्ने सहमति भएको हो । साथै शाहीबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनेपनि सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । त्यस्तै ओली र प्रचण्डबीच मुख्यमन्त्री शाहीबिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउन गरेको निर्णयपनि बदर… पुरा पढौ

पोखरा महानगरको विकास विधुतीय गतिमा बढोस् शुभकामना

डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, योजना आयोग, पोखरा महानगरपालिका नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाल समाजवाद उन्मुख समाज निर्माण तर्फ उन्मुख हुने भन्ने कुरा उल्लेख गरिएको छ । राजनीतिक वृत्तमा संविधामा यी केही हरफहरु लेख्नुलाई महान उपब्धी र यस संविधानको विशेष विशेषता भन्ने गरिन्छ । यो किन महान हो र के कारणले यो संविधानको विशेष विशेषता हो । यो संविधान निर्माण भएपछि वनेका सरकारहरु र यस संविधान भन्दा पहिलाका सरकाहरु भन्दा के कसरी फरक भए र नागरीकले के कस्ता अनुभुती… पुरा पढौ

पोखरालाई साईकल सिटी बनाउन ‘तालदेखि तालसम्म’ साईकल मार्ग बनाऔं

स्वास्थ्य ,वातावरण र पर्यटनको उद्वेश्यका साथ २०६९ साल पुस १७ गते साईकल सिटी पोखरा बिधिवत रूपमा दर्ता भएको हो । नेपालमै पहिलो पटक साईकल सिटी पोखराले २०७१ साल भदौ १६ गते साईकल मार्ग (साईकल लेन)को माग गर्दै ज्ञापनपत्र कास्की प्रशासनलाई बुझाएको थियो । त्यो ज्ञापन पत्र म आफैले लेखेको थिएँ । ज्ञापन पत्र तत्कालीन क्षेत्रीय प्रसाशक (हाल निर्वाचन आयोगका प्रमुख) दिनेशप्रसाद थपलिया ज्युले अध्ययन गरेपछि पोखराको १७ वटा योजना मध्येमा साईकल सिटीलाई पनि प्राथमिकता राखिदिनु भएको थियो । सो योजनाका… पुरा पढौ

आफ्नै काकालाई हत्या गर्ने तामाङ पक्राउ

आफ्नै काकालाई हत्या गरेको आरोप लागेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । काका टंकबहादुर तामाङको हत्या गरि फरार भएको भनिएका मृतकका भतिज ईन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलार्य लमजुङको सोती पसल स्थित १ घरबाट पक्राउ गरि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ । आफ्नै काकाको हत्या अभियोगमा पक्राउ परेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका ईन्द्रबहादुरले काकाको हत्या गरेको स्वीकार गरिसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । ओखल्ढुंगा जिल्लाको सुनकोशी गाउपालिका वडा नं.५ बान्द्रे स्थायी घर… पुरा पढौ

गण्डकी प्रदेशमा एकैदिन १४७ संक्रमित

गण्डकी प्रदेशमा सोमबार एकैदिन करीब डेढ सय जना कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशले गण्डकी प्रदेशमा सोमबार एकैदिन १४७ जना संक्रमण पुष्टी भएको जनाएको हो । निर्देशनालयले विहान जारी गरेको बुलेटिनमा ५६ जना, दिउँसो जारी गरेको बुलेटिनमा ७१ जना र साँझ जारी गरेको बुलिटनमा २० जनालाई कोभिड–१९ संक्रमण पुष्टी भएको उल्लेख गरेको छ । निर्देशनालयले दिउँसो जारी गरेको बुलेटिनका अनुसार चरक मेमोरियल अस्पतालमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टी… पुरा पढौ