देश

गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना पुष्टि

चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र उनकी श्रीमती भगवती न्यौपाने कोरोना संक्रमित भएका छन् । न्यौपाने दम्पतीलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत गायक न्यौपानेले आफू र आफ्नो श्रीमती भगवतीलाई कोरोना संक्रमण पुष्टी भएको सार्वजनिक गरेका हुन् । संक्रमित न्यौपाने दम्पती होम आइसोलेसनमा बसेका छन् । गायक न्यौपानेले आफन्तलाई संक्रमण पुष्टी भएदेखि नै आफू होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै आफूसँग सम्पर्कमा रहेकालाई कत्तिपनि चिन्ता नलिई होम आइसोलेसनमा रहन आग्रह गरेका छन् । न्यौपानेले सजगता… पुरा पढौ

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल ९विन्दल० लाई बजरङ्ग पन्सारी ९अग्रवाल० र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको… पुरा पढौ

आफ्ना सांसदलाई दशैं भत्ता फिर्ता गर्न देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरुलार्य दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को कहर त्यसका कारण अर्थतन्त्र थलिएको बेला संसद सचिवालयले दशैं भत्ता भन्दै सांसदहरुको बैंक खातामा पठाएको पैसा फिर्ता गर्न देउवाले निर्देशन दिएका हुन् । विषम परिस्थितिमा दशैं भत्ता लिन नहुने निश्कर्षमा पुगेको कांग्रेसले सो रकम फिर्ता गर्ने निर्णयमा पुगेको हो । यद्वपी फिर्ता हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ । पार्टीको निर्देशनलाई सांसदहरुले स्वीकार गर्ने बताइसकेका… पुरा पढौ

संक्रमितको संख्या गन्नबाहेक सरकारले केहि गर्न सक्दैन भन्नुस् : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले सरकार आफै आइसोलेसनमा रहेको घोषणा गर्न सुभाव दिएका छन् । सोमबार विहान प्रधानमन्त्रीलाई मेन्सन गर्दै कांग्रेस नेता गगनले सरकार आफै आइसोलेसनमा भएकाले जनताका लागि थप केहि गर्न नसक्ने घोषणा गर्न सुझाव दिएका हुन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नु भनेर औपचारिक रुपमा भनेपछि सांसदसमेत रहेका थापाले त्यसको विरोधस्वरुप ब्यंग्यात्मक रुपमा भनेका छन्,‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ५ हजार७ सय ८६ पुगेको हो । कोभिडका कारण सोमबार विहान ५६ जना संक्रमण पुष्टी भएका छन् । जस अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३५ जना संक्रमण पुष्टी भएको छ । जसमा पुरुष २० र महिला १५ जना संक्रमित भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा प्रदेश स्वास्थ्य… पुरा पढौ

कोरोना संक्रमित मिन गुरुङले पिसीआर गर्न नपाएपछि लेखे मुख्यमन्त्रीलाई खुल्ला पत्र : राज्यसंग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ ?

मुख्यमन्त्री ज्यु नमस्कार।मुख्यमन्त्रीको कार्यालय पोखरा, गण्डकी बिषय: ध्यानाकर्षण सम्बन्धमा।माननीय मुख्यमन्त्री ज्यू, म कोरोना संक्रमित मीन बहादुर गरुङ हु। मलाई कोरोना संक्रमण पुष्टि मिति २०७७ साल आश्विन -२६ गते भएको छ। उक्त दिन देखि मेरो परिवार र मेरो लेकाली चुलो घर र होटल टास्क ईन्टरनेशनल प्रा. लि. मा कार्यरत म संग सम्पर्कमा आएका कर्मचारीहरु महानगरको निर्देशन बमोजिम क्वारेन्टीनमा बसेको ७ अौ दिन भयो र मेरो ब्यबसाय पूर्ण बन्द छ। हामीले परिवार र कर्मचारीहरुको Paid PCR Test गराउछौ समन्वय गरिदिनु पर्यो भन्यौ… पुरा पढौ

पर्यटन ब्यबसायीलाई पलायन हुन नदिन राहत कार्यक्रम ल्याउँछौं ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन व्यवसायीलाई पलायन हुनबाट रोक्न विशेष कार्यक्रम ल्याउने आश्वासन दिएका छन् । रेवान पोखराको अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले विश्वब्यापी नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको पर्यटन ब्यबसायलाई उकास्न विशेष कार्यक्रम ल्याउनका लागि आफूले पहल गरिरहेको बताएका हुन् । उनले कोरोनाले पर्यटन क्षेत्रमा ठूलो असर पारेको बताए । कोरोनाले अर्थतन्त्रमा क्षेति पु¥याएपनि अब त्योसँग सधै डराएर बस्न नहुने बताउँदै भने,‘कोरोनासंग डराएर लकडाउन गरेर अब बस्नु हुँदैन ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले… पुरा पढौ

पोखराको पहिचान थप्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल

नेपाललाई चिनाउन सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेझैं पोखरालाई चिनाउन फेवाताल र माछापुच्छ«ेको नाम लिने गर्दछौं । तर अबको केहि समयदेखि पोखराको पहिचानमा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलपनि थपिने भएको छ । नेपालकै गौरवको आयोजना मध्येको एक पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल पोखराको पहिचान बन्ने पक्का छ । यो पोखराको गौरवको रुपमासमेत रहनेछ । यसअघी त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट मात्रै वैदेशिक फ्लाईट हुन्थ्यो, तर अबको केहि महिना भित्रै पोखराबाटै अन्र्तराष्ट्रिय फ्लाईट हुने भएको छ । त्यतिमात्र होईन विदेशबाट पर्यटक वा आफन्त आउनु परेपनि… पुरा पढौ

पोखरेली संस्कृतिकर्मी तथा भैरव नाचका अग्रज कलाकार बड्गामीको निधन

पोखराका अग्रज संस्कृतीकर्मी एवं पोखराको बाह्र भैरव नाचका अग्रज तथा बयोबृद्ध कलाकार पूर्णकुमार बड्गामीको निधन भएको छ । उनको आज कार्तिक १ गते शनिबार पूर्वाह्न ९ बजे ८५ वर्षको उमेरमा निधन भएको उनका भाञ्जा सुनिल उलकले जानकारी दिए । केवल ११ वर्षको उमेरमा बि. सं. २००३ सालको भैरवनाचमा पहिलो पटक कवंचाको रुपमा सहभागी भएका कलाकार बड्गामी भैरव नाचमा नाट्यकारको रुपमा प्रवेश गरेका थिए । नाट्यकारको रुपमा प्रवेश गरेको १२ वर्षपछि २०१५ सालमा भएको बाह्र भैरव नाचमा माहेश्वरी (गंगाजू)को रुपमा नाचमा… पुरा पढौ

पोखराबाट एभरेस्ट मिडिया प्रालिको औपचारिक शुभारम्भ

संचारको दुनियामा पोखराबाट एक नयाँ मिडिया संचालनमा आएको छ। एभरेस्ट मिडिया प्रा.लि.ले शनिबारदेखि एभरेस्ट आवाज नामको न्युज पोर्टल संचालनमा ल्याएको हो। अनुभवी संचारकर्मी, युवा तथा महिला उद्यमीहरुको लगानी र सहकार्यमा मिडिया प्रा.लि. संचालनमा आएको हो। प्रा.लि.की अध्यक्ष कर्माकुमारी गुरुङले एक कार्यक्रमबीच न्युज पोर्टलको शुभारम्भ गरेकी हुन्।गुरुङले कार्यक्रममा बोल्दै पोखराबाट थप मिडिया संचालनमा ल्याउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले मिडियामार्फत समाजलाई धेरै कुरा दिन सकिने बताइन्। मिडिया हाउसबाट कमाईको आशा कम गर्न उनको आग्रह थियो। मिडियामा आर्थिक उपार्जन भन्दापनि सामाजिक उत्तरदायित्व… पुरा पढौ