देश

लोकगायक श्रेष्ठको निधन

लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा निधन भएको हो ।श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गर्नुभएको थियो ।श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहनुभएको यादव योगीले बताउनुभयो । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००२ सालमा प्युठान जिल्लामा जन्मिनुभएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।रासस पुरा पढौ

पूर्वमन्त्री बाँस्कोटालाई सङ्क्रमण

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण भएको छ ।पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । नेकपा कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गर्नुभयो । पुरा पढौ

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र ओरेकको अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा ९२२ प्रतिशत बलात्कारको घटना छ । यसैगरी ८२५ वटा ९४९ प्रतिशत० घरेलु हिंसाको घटना भएको छ भने १६० वटा ९१० प्रतिशत सामाजिक हिंसाको घटना, ७१ वटा ९४ प्रतिशत हत्याको घटना,… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ओभरस्मार्ट बन्न खोज्यो, निर्णय सच्चिन्छ : मुख्यमन्त्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णय बिरुद्ध सूचना निकालेको छ । प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो । अस्पतालले यसअघी निःशुल्क उपचार गर्दै आएको थियो । तर प्रदेश सरकारले निर्देशन दिएको भोलिपल्टै विरामी आफैले उपचार खर्च बेहोर्नुपर्ने भनेर निकालिएको सूचना संयोग मात्र मान्न सकिन्न । किनभने संघ सरकार… पुरा पढौ

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेमा जम्मा भएका छन् । विभिन्न निजी सवारी साधनमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न… पुरा पढौ

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग… पुरा पढौ

देशभर एकै दिन २ हजार ८२० जना संक्रमणमुक्त

कार्तिक ६ पोखरा । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार २१५ जना संक्रमणमुक्त भएसंगै नेपालमा १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्व गौतमले पुष्टि गरे । मन्त्रालयका अनुसार देशभरका प्रयोगशाालमा गरिएको परिक्षणमा आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म १ लाख ४८ हजार ५०९ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा देशभर सक्रिय संक्रमितको संख्या… पुरा पढौ

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ ।दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

गण्डकी प्रदेशमा पनि कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने भएको छ । कोरोनाको उपचार गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले कोरोनाको उपचारको खर्च विरामी आफैले बेहोर्नुपर्ने भन्दै सूचना निकालेको हो । संघ सरकारले कोरोनाको उपचार खर्च गर्न नसक्ने बताएपनि गण्डकी प्रदेश सरकारले बेहोर्ने बताएको थियो । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाको उपचार खर्च प्रदेश सरकारले बेहोरिरहेको बताएका थिए । तर अस्पतालका निर्देशक अर्जुन आचार्यले विहीबार सूचना निकाल्दै कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने जनाएका हुन्… पुरा पढौ

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट… पुरा पढौ