देश

भाञ्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ

धनुषा । आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । महोत्तरीको साबिक दनौली–७ र अहिलेको पिपरा गाउँपालिका–७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा… पुरा पढौ

मोवाइल वितरक संघको अध्यक्षमा मनोहर श्रेष्ठ

नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा मनोहर श्रेष्ठ चयन भएका छन् । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको पाचौं साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा सुशीलकुमार गुरुङ चयन भएका छन् । अध्यक्ष श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष गुरुङ दुबै सञ्चार उद्यमीसमेत हुन् । उनीहरु दुबै पोखराको एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सञ्चालक हुन् । यसैगरी उपाध्यक्षमा जीवन ढुंगाना, सचिवमा विनोद केसी, सह–सचिवमा चिन्तामणी खरेल र कोषाध्यक्षमा… पुरा पढौ

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

काठमाडौँ। पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंँदेखि गर्न… पुरा पढौ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७… पुरा पढौ

तोलामा रु ८०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रु… पुरा पढौ

‘चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउँनेछ’

नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह–इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन्। नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा–१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नुपर्ने बताए। राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उनको भनाइ थियो। ‘प्रचण्ड झलनाथ र माधव नेपालले भूमी फिर्ताबारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको… पुरा पढौ

केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन : नेता अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मूल पार्टी भएको बताएका छन्। आगामी फागुन १५ गते हुने बृहत आमसभाका लागि नेकपा वडा नं २७ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले नेकपाको राष्ट्रवादी धारको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको दाबी गरे। विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिकारीले फागुन १५ गतेको आमसभा शक्ति प्रर्दशन मात्रै नभई चुनावी सभाको रुपमा बुझी सोही अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।कार्यक्रममा… पुरा पढौ

आन्तरिक पाहुनालाई पोखरा र नेपालगञ्जको प्याकेज

पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ। त्यसका लागि नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनीसहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एक–अर्काको सहरमा आउ–जाउ गर्दै पर्यटनमा सहकार्य थालेका हुन्। नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्जसहित पश्चिम क्षेत्रका गन्तव्यको घुमघाममा पठाउने पहलस्वरुप यो अभियान थालेको दुवै गन्तव्यका पर्यटन व्यवसायीले बताएका छन्। पर्यटनमा साझेदारी गरेका दुवै गन्तव्यका व्यवसायी अहिले एक–अर्काको सहरमा प्रवद्र्धनात्मक गतिविधिमा व्यस्त छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकमार्फत उकास्ने प्रयास स्वरुप… पुरा पढौ

मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीले जित्यो

पोखरामा भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले उपाधि जितेको हो । शनिबार भएको खेलमा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पन्छाउँदै उपाधि माथि कब्जा जमायो भने महिलातर्फ म्याग्दीले पर्वतलाई सोझो ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फको उपाधि भिडन्तमा तनहुँले पहिलो सेट स्याङजालाई २५–२३ ले गुमाएको थियो । पहिलो सेट… पुरा पढौ

कोरोनाविरुद्धको खोप लगाउने समय सोमबारसम्म थपियो

काठमाण्डौं । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने समय दुई दिन थप गरेको छ । सरकारी कार्यालयका कर्मचारी, स्थानिय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई दोस्रो प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो । आजसम्म दोस्रो चरणको खोप लगाउने समय तोकिएको भएपनि आगामी सोमबारसम्म थप समय बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ… पुरा पढौ