देश

अस्ताए, नेपाली लोक संगीतका प्राज्ञ (सर्जक) धनबहादुर गायक

नेपाली लोक संगीत जगतका प्राज्ञ (सर्जक) धनबहादुर गायकको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ‘यो दाजुको मिरमिरे आँखा.. र ‘फूल, मायामा नभुल..’ लगायतका दर्जनौ गीतका सर्जक धनबहादुर गायकको असामयिक निधनले सिंगो नेपाली लोक संगीत क्षेत्रलाई नै स्तब्ध बनाएको छ। गयकको ५९ वर्षको उमेरमा असामयिक निधन भएको हो। मणिपाल शिक्षण अस्पतालको आइसीयु कक्षमा आज (सोमबार) बिहान ८ बजेर १० मिनेट जाँदा गायकको निधन भएको अस्पतालले जनाएको हो। पोखरा–१६, बाटुलेचौरस्थित कालीखोलामा शनिबार नुहाउन जाँदा अचेत भएर ढलेका गायकलाई सोही… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका… पुरा पढौ

करारमा नियुक्त हुँदैछन् त्रिविका आंशिक प्राध्यापकहरु

त्रिभुवन विश्वविद्यालय मातहतका आंशिक प्राध्यापकहरु शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी नियुक्त हुँदैछन्। त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक संघसँगको सहमति कार्यान्वयनका लागि आंशिक प्राध्यापकहरुको व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको हो। त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन्। सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउनेगरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देशन गरेको हो। गएको पुस २४… पुरा पढौ

ओलीलाई पार्टी सदस्यबाट पनि हटाउने नेकपा माधव–प्रचण्ड समूहको निर्णय

काठमाण्डौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको उनले बताए । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय… पुरा पढौ

नेकपाका दुवै पक्षका मागदाबी निर्वाचन आयोगद्वारा अस्विकार

काठमाण्डौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नदेखिएको आयोगका एक आयुक्तले जानकारी दिए । आयोगले नेकपाको प्रचण्ड-नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ । यो निर्णयसँगै नेकपा विभाजन पनि… पुरा पढौ

गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन

काठमाण्डौ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ । विभागले आज पत्रकार सम्मेलनमार्फत उक्त प्रणाली झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ । गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने… पुरा पढौ

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

काठमाडौँ। कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिनुभयो । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार… पुरा पढौ

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

चितवन। जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन् । सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । बीमा गरिएका… पुरा पढौ

बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा राख्ने प्रक्रिया सुरु

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्डमा राख्ने प्रक्रिया थालिएको हो। पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न… पुरा पढौ

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ । शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो ।… पुरा पढौ