गण्डकी प्रदेशमा पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.बुद्धिबहादुर थापाले कोरोनाबिरुद्धको खोप लगाउँदा सामान्य दुखाई बाहेक अन्य समस्या नआएको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.थापालाई लगाएर गण्डकी प्रदेशमा ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको थियो । गण्डकी प्रदेशमा कोरोनाबिरुद्धको कोभिशिल्ड खोप लगाउने पहिलो व्यक्ति डा.बुद्धिबहादुरले खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरेका छन् । खोपप्रति आश्वास्त बनाउनका लागि नै आफूले खोप लगाएको बताउँदै उनले भने,‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाईड भएको र यो…
पुरा पढौ