देश

सार्बजनिक सुनुवाईमा भिंडाबारीबासीले भने : एन्फा एकेडेमीलाई स्वागत छ, तर हामीसँगपनि सल्लाह गरियोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ भिंडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माण गरेकोमा स्थानियबासीले खुशी प्रकट गरेका छन् । तर आफैले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिन लागेको टेक्निकल सेन्टरबारे सोधखोज र सल्लाह, सुझाव नमागेकोप्रति भने असन्तुष्टी व्यक्त गरेका छन् । एन्फाको आयोजनामा शुक्रबार आयोजना स्थलमा भएको ‘एन्फा टेक्निकल सेन्टरको निर्माण तथा सञ्चालनका लागि गर्न लागिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागि स्थानियले आफूहरुसँग सल्लाह नगरी आयोजना गरेकोप्रति दुःख मनाउ गरेका हुन् ।… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित

विश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कमा उल्लेख छ । कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ । अन्य आठ जिल्लामा मृत्युको सङ्ख्या ८१ मात्र रहेको छ । गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु… पुरा पढौ

काठमाडौँको तापक्रम १.६ डिग्री

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण… पुरा पढौ

‘पावर लिफ्टिङ’मा नेपालको सफलता

पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्षअघिदेखि नै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङच्याम्पियनसीप’का लागि अभ्यास शुरु गर्नुभएको थियो । गुहावटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगन भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन । डिसेम्बर ४ देखि ७ तारिखसम्म भारत, महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त… पुरा पढौ

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

फुटवलका सदाबहार हिरो द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्ष खेलाडी घोषित भएका छन् । उनले युभेन्ट्सका स्ट्राईकर पोर्चुगिज खेलाडी रोनाल्डो र बार्सिलोनाका स्टार स्ट्राईकर तथा अर्जेन्टिनी खेलाडी मेस्सीलाई पछि पार्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको उपाधि जितेका हुन् । यसअघी फिफाले वर्ष खेलाडीको अन्त्मि ३ मा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई मनोनयन गरेको थियो ।जर्मन क्लब बायर्न म्युनिखका फर्वार्ड पोल्याण्डका खेलाडी लेवान्डोस्कीले गत १ वर्षमा ४७ खेलमा ५५ गोल गरेका… पुरा पढौ

पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार, आयोजना प्रतिवेदन तयार

योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) सरकारको हातमा परेको छ ।मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको डिपीआरमाथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछन् ।डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ ।… पुरा पढौ

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कदैनौ

राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको उनीहरुको गुनासो छ । आन्दोलनरत किसानले भुक्तानीका लागि सरकारलाई दुुई शर्त अगाडि सारेका छन् । यसअघिको उधारो… पुरा पढौ

बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारणलाइन

बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो । जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उहाँले बताउनुभयो । “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानले भन्नुभयो, “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौँ । उहाँले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण… पुरा पढौ

तत्काल विद्यालय नखोल्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय नखोल्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड १९) कारण ९ महिनादेखि बन्द रहेका विद्यालय अझै केहि समय नखोल्ने महानगरले निर्णय गरेको हो । केहि विद्यालयले विद्यालय खोलेर पठनपाठन शुरु गर्ने तयारी गरिरहेका बेला महानगरले तत्काल विद्यालय खोल्नु जोखिम हुने भन्दै नखोल्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।विद्यालय खोल्ने÷नखोल्नेबारे निर्णय गर्न महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग… पुरा पढौ

सडक महोत्सव यहि पुस १५, १६ र १७ हुने

पर्यटकीय नगरी पोखराको लेकसाईडमा हरेक वर्ष अंग्रेजी वर्ष शुभारम्भको अवसरमा आयोजना गर्ने सडक महोत्सव यस वर्षपनि हुने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का बाबजुद रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सवको २२ औं संस्करणको मिति घोषणा गरेको हो । रेबानले बुधबार पोखरामा पत्रकार भेटघाट गरि महोत्सव यहि पुस १५, १६ र १७ गते आयोजना गर्ने जानकारी दिएको छ । तर महोत्सवको अवधी भने यसअघी भन्दा घटेको छ । यसअघी ५ दिने सडक… पुरा पढौ