देश

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत… पुरा पढौ

बलात्कारका आरोपी वडासचिव कारागार चलान

बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ ।… पुरा पढौ

मंगलबार र बुधबार देशभरको मौसम प्रभावित हुने

पश्चिमी वायुको कारण मंगलबार र बुधबार देशभरको मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, यसपालीको पश्चिमी वायुको ठूलो प्रभाव नरहेकाले अन्नबालीलाई नोक्सान गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ। प्रशान्त महासागरको तापक्रममा आउने घटबढले पश्चिमी वायुको प्रभावित हुन्छ। मनसुनको समय जेठदेखि असोजसम्म हावाको बहाउ सामान्यतया पूर्वबाट पश्चिमतर्फ हुन्छ। हिउँदमा भने पश्चिमबाट पूर्वतर्फ बहन्छ। जाडो याममा बहने पश्चिमी वायुले नेपालमा हिमपात गराउँछ। पुरा पढौ

सांसद केसीको निधनपछि काँग्रेस पदाधिकारीको आज (मंगलबार) बस्ने भनिएको बैठक स्थगित

बहालवाला सांसद सूर्यबहादुर केसीको सोमबार निधन भएपछि नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आज (मंगलबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। काँग्रेस नेता एवं बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिएका हुन् । केसी काँग्रेस आमन्त्रित सदस्यसमेत हुन्। नेपाली काँग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ। पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र… पुरा पढौ

कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई भूपू विद्यार्थीद्वारा ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण

कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई सो विद्यालयका भूपू विद्यार्थीद्वारा ‘९० दिने स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेका छन्। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को भुर्जुङखोलास्थित माछापुच्छ्रे माविले निर्माण गरेको समायोजित पाठ्यक्रमअनुसार तयार पारिएको ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेपछि दोस्रो संस्करणका रुपमा की–नोट वितरण गरिएको हो। रेडियो, टिभी. र अनलाइनको पहुँचबाट टाढा रहेका विद्यार्थीहरुका लागि सहजीकरण गर्न र घरमै बसेर अध्ययन गर्नको लागि यो सामग्री निर्माण गरेको हो। अंग्रेजी माध्यममा तयार पारिएको सामग्री कक्षा १ देखि कक्षा ९ सम्मका… पुरा पढौ

उद्योगपति तथा सांसद केसीको निधन

उद्योगपति तथा प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । उनको गएराती १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनी केहि समयदेखि अस्वस्थ थिए । मधुमेह एक्कासी घट्दा निधन भएको हुनसक्ने परिवारको अनुमान छ । राप्रपाबाट लामो समय राजनीति गरेका उनी गत निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पोखरा उपमहानगरपालिकाका तत्कालिन प्रधानपञ्चपनि हुन् । हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा… पुरा पढौ

भिटोफ गण्डकी प्रदेश अध्यक्ष अधिकारीसहित परिवारका ४ जनालाई कोरोना संक्रमण

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारीसहित ४ जनालाई कोरोना संक्रमण भएको छ । मञ्चका अध्यक्ष अधिकारी र उनकी पत्नी साधना पौड्याल र अधिकारीका दाजु तथा सालोलाई कोरोना संक्रमण भएको हो । अध्यक्ष अधिकारीकी पत्नी साधनाले सोमबार बेलुका सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूहरु श्रीमान र श्रीमतीसहित ४ जनालाई नै कोरोना संक्रमण पुष्टी भएको जनाएकी हुन् । कन्ट्याक्ट ट्रेसिङमा परेको आफूहरुलाई शुरुमा सामान्य रुघाखोकी र ज्वरो आएको र कोरोना भएनभएको पत्ता लगाउन पिसीआर गर्दा आज बेलुका पिसीआर… पुरा पढौ

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नजिक

कार्तिक १७ काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको छ । सोमबार नेपालका विभिन्न जिल्लाका २४ जनाको संक्रमणका कारण ज्यान गुमेसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको हो । हाल सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या ९८० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर १ लाख ७६ हजार पाँच सय पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाबाट २ हजार ९ सय ३३ जना… पुरा पढौ

पानी ट्याङ्कीमा डुबेर युवतीको मृत्यू

पोखरामा पानी ट्याङ्कीमा डुबेर एक युवतीको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित खड्गबहादुर गुरुङको घरमा डेरा गरि बस्ने रोल्पा लुङ्गे गाउँपालिका वडा नम्बर ७ घर भएकी दिलमाया मगरको पानी ट्याङ्कीमा डुबेर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पानी ट्यांकीमा डुबेको भन्ने खबर प्राप्त गर्नासाथ पुगेको प्रहरी टोलीले मगरलाई मृत अवस्थामा ट्यांकीबाट निकालेको प्रहरीले बताएको छ । घट्नाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ । पुरा पढौ

मुख्यमन्त्रीको निर्देशनपछि खुल्यो करापुटार–भञ्ज्याङहुँदै मालिङ पुग्ने बाटो

अविरल वर्षाले पहिरो गएर अबरुद्ध लमजुङको रामबजारपदेखि मालिङ पुग्नेबाटो मुख्यमन्त्रीको निर्देशनपछि मर्मतसम्भार गरेर खुलाइएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाटोको स्थलगत अनुगमन पछि बाटो खुलाउन दिएको निर्देशनपछि लमजुङको रामबजारदेखि करपुरटार–भन्ज्याङ–डढुवा–गिलुङहुँदै मालिङ जाने बाटो खुलेको छ । वर्षा याममा ठाउँठाउँमा गएको पहिरोले क्षतविक्षत भएको बाटो खुलेपछि स्थानिय हर्षित भएका छन् । पहिरो गएर अबरुद्ध भएको बाटो नखुल्दा स्थानियले समस्या भोगिरहेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङ गत असोज १६ गते भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित… पुरा पढौ