काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ ।
स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा पर्नुभएका उहाँहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ ।
वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताउनुभयो । ‘अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौंँ ।’रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






