सांकेतिक तस्विर
विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड१९)का कारण पोखरामा थप ३ जनाको मृत्यू भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम र प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहान जारी गरेको विज्ञप्तीमा पोखराका दुई अस्पतालमा उपचाररत ३जनाको उपचारका क्रममा कोरोनाले मृत्यू भएको जनाएको हो ।

मृत्यू हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षिया महिलाको कोरोनाले मृत्यू भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाब दिएकी उनलाई कोरोना पुष्टी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारका क्रममा १० बजेर २० मिनेटमा मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर २२ का ६८ वर्षिय पुरुषको मृत्यू भएको हो । उनको शनिबार पूर्वाह्न ९ः३० बजे मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए । उनलाई कात्तिक ६ गते कोरोना पुष्टी भएपछि उपचारका लागि जिएमसीमा भर्ना गरिएको थियो ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आईसियूमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ३१ का ५८ वर्षिय पुरुषको शनिबार अपराह्न ४ः२५ बजे मृत्यू भएको प्रवत्ता शर्माले जानकारी दिए । मृतक पुरुषलाई उच्च रक्तचाप, निमोनिया र मधुमेहको समस्या रहेको बताइएको छ । कात्तिक ७ गते कोरोना पुष्टी भएका उनलाई सोहि दिन अस्पताल भर्ना गरिएको थियो ।
यसअघी शनिबार विहान क्वीन्स पार्क होटल लेकसाईडका सञ्चालक पुरुषकोपनि कोरोनाको उपचारका क्रममा मृत्यू भएको थियो । अस्पतालले पहिलोपटक ३ र दोश्रो पटक १ जनाको मृत्यू भनेर ४ जना भनेपनि क्वीन्स पार्क होटलका सञ्चालकको एभरेष्ट आवाजले पहिले नै अपडेट गरिसकेकाले यसमा समावेश गरिएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






