पोखराका एक पर्यटन व्यवसायीको कोरोनाका कारण मृत्यू भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर लेकसाईडमा क्वीन्स पार्क होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको कारोना लागेर मृत्यू भएको हो । ४६ वर्षिय उनको शुक्रबार राती १० बजे कोरोनाले मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ती व्यवसायीको उपचारका क्रममा मृत्यू भएको अस्पताल श्रोतले बताएको छ । उनी गत असोज ३० गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल आएकाउनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
मृतक व्यवसायीले गत असोज ३० गते अघि लाइफ केयर डाइग्नोष्टिक सेन्टरमा स्वाब दिएका थिए । उनको रिपोर्ट असोज ३ गते पोजिटिभ आएपछि अस्पतालमै राखेर उपचार शुरु गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







