देश

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

गण्डकी लगाएत तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… पुरा पढौ

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

असार १५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए । “विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण ग¥यौँ । तर, कतिपय… पुरा पढौ

गण्डकीमा भित्रियो राइड सेयरिङ ‘ई–ड्राइभ’

पोखरा, असार १५ गण्डकी प्रदेशमा राईड सेयरिङ एपबाट सञ्चालन हुने ई–ड्राइभ भित्रिएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालको सहकार्यमा ‘मेक ईन नेपाल, मेड इन नेपाल’को अवधारणासहित राईड सेयरिङ एप सञ्चालनमा ल्याएको ई–ड्राइभ गण्डकी प्रदेशमा सेवा दिनेगरी भित्रिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखराका १० युवाहरुको पहलमा प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट सवारी साधन बुक गरेर गन्तव्यमा पुग्न सकिने ई–ड्राइभ पोखरा भित्रिएपनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेचाहिं टुंगो छैन । किनकी… पुरा पढौ

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।… पुरा पढौ

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए । “जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर… पुरा पढौ

बागलुङ पहिरो: घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका- ८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-… पुरा पढौ

स्याङ्जामा घर पुरिँदा आमा-छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए । “राति सुतेका बेला पहिरो खसेको हो”, उनले भने । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए। पहिरोले ढुङ्गामाटो र… पुरा पढौ

‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’ :अध्यक्ष ओली

असार १४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उहाँले देशकोे आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताएका हुन् । जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनको भनाइ छ ।… पुरा पढौ

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री प्रचण्ड

असार १४ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । “पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ”, प्रधानमन्त्री प्रचण्डले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका… पुरा पढौ