देश

‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ

राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाल)का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे । उनले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिए । सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले… पुरा पढौ

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने-नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग… पुरा पढौ

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार रुपैयाँले बढेको हो । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । यसैगरि, चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन । आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे । शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले… पुरा पढौ

गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही… पुरा पढौ

‘नेपालका कार्लमाक्स हुन् मदन भण्डारी’

नेपाली कम्युनिस्ट आन्दोलनका नवीन बिचारक,सिद्धान्तकार हुन् मदन भण्डारी । नेपाली भूगोलका कार्लमाक्स हुन् उनी। जनताको बहुदलीय जनवादका प्रतिपादक ,सबै नेपाली जनसमुदायका बराबर र प्यारा नेता मदन भण्डारी हुन् । उनको जन्म बि.स.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाघुमा भएको थियो । नेपालको पूर्वी क्षेत्रमा रहेकोे ताप्लेजुङ र ढुङ्गेसाघुमा बुवा देबीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको माइला छोराको रूपमा मदन भण्डारीको जन्म भएको हो । वहाँको बुवालाई गाउँ लेहरुले सुब्बाको मान दिएका थिए। जसले गर्दा वहाँको बाल्यकाल राम्रो वातावरणमा बित्यो । २०१५… पुरा पढौ

महालेखाको प्रतिवेदनप्रति मणिपालको आपत्ति, अनावश्यक रुपमा विवादमा तान्न खोजेको गुनासो

पोखरा, असार १३ पोखराको मणिपाल शिक्षा अस्पतालले महालेखा प्ररीक्षकको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मणिपालले करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै सो कर असुल उपर गर्न भनेकोप्रति मणिपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो । उसले समयमा काम नगरिदिएर राज्यले पटक÷पटक दुःख दिएको बताएको छ । साथै महालेखाले स्वास्थ्य संस्थालाई अनावश्यक रुपमा विवादमा तानेर मानमर्दन गर्न खोजेकोसमेत मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मणिपालले महालेखा परीक्षकको प्रतिवेदन हल्का… पुरा पढौ

सुनको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले राससलाई… पुरा पढौ

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको… पुरा पढौ