देश

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

वैशाख ३० काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् । आज आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन् । “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन । करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले… पुरा पढौ

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

वैशाख ३० चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्षनेतासँग म संवादमा नै छु, भोलि बेलुकका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ ।” आज पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर आफूले राष्ट्रपतिलाई भेट गरेको जानकारी दिए । उनले भने, “आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन… पुरा पढौ

फेवातालको श्रोतबाटै जलकुम्भी हटाउन दुई हप्ते अभियान शुरु

पोखरा, बैशाख ३० फेवातालको जलकुम्भी हटाउन १५ दिन दैनिक सरसफाई गरिने भएको छ । जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो । पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान चलाइएको जनाइएको छ । जहाँ हरेक दिन स्थानिय ४० जना जलारीले जलकुम्भी हटाउनेछन् । त्यसबाहेक अन्य ईच्छुकलेपनि स्वयम्सेवी रुपमा सहभागिता जनाउन सक्ने जनाइएको छ । जलकुम्भीले भरिएपछि मात्र सरोकारवालाको आँखा खुल्ने गरेकाले यस वर्ष बेलैमा मुहान क्षेत्र सरसफाई गर्ने… पुरा पढौ

प्रधामन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उनीहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। भेटवार्तामा कांगे्रस नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराएका थिए। कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको नेता लेखकले बताए । सो सम्बन्धमा कांग्रेसको सोमबार… पुरा पढौ

चार वटा प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।… पुरा पढौ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

वैशाख २९ सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव… पुरा पढौ

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

वैशाख २९ काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै… पुरा पढौ

बाइस महिनामा पनि बनेन दुई किमी सडक

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप… पुरा पढौ

पोखरा सर्वेश्वर मार्गका व्यवसायी व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरु जाने

पोखरा, बैशाख २९ पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि सर्वेश्वर मार्ग, पराजुली मार्ग हुँदै गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको अगुवाईमा त्यहाँका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा निस्कन लागेका हुन् । सातामा सातै दिन व्यवसाय खोल्न थालेका व्यवसायीहरु व्यापार प्रवद्र्धनका लागि कास्कीको उत्तरी क्षेत्र पर्वतको कुश्मा, म्याग्दीको बेनी, बागलुङ, गलकोट, हटियाहुँदै पूर्वी रुकुमका विभिन्न क्षेत्र पुग्ने समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले… पुरा पढौ

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए। भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई सञ्चालन… पुरा पढौ