देश

सुनको भाउ स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि ,आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

आज मगर एकता दिवस मनाइँदै

देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए । उनले… पुरा पढौ

‘ए’ ग्रेडका खेलाडीले मासिक तलब एक लाख पाउने

फागुन १४ काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् । बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : मृतक साहको परिवारलाई रु १० लाख उपलब्ध गराउने

फागुन १४ काठमाण्डौं । प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीको बरहथवा नगरपालिका–६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेदेखि लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको… पुरा पढौ

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : वरिष्ठ नेता महतो

फागुन १४ काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्यागसँगै उहाँले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका छन् । केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका थिए । नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र… पुरा पढौ

उपनिर्वाचन कार्यतालिका : चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गरिने

फागुन १४ काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा आज जारी विज्ञप्तिमा यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिनेछ । प्रतिनिधिसभामा इलाम–२… पुरा पढौ

भजनशिरोमणि भक्तराज आचार्यको निधन

फागुन १४ काठमाण्डौं ।भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । ८२ वर्षिय आचार्यको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्य विगत केही समयदेखि बिरामी थिए । उनको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चोट दिन्छ्यौ… पुरा पढौ

सेतीमा माछा मार्न जाँदा वेपत्ता भएका मध्ये एकको शव भेटियो, अर्कोको खोजी जारी

पोखरा, फागुन १४ पोखराको सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ । आइतबार राती ९ः५० बजे पोखरा महानगरपालिका वडा नम्बर–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए । डुबेकामध्ये पोखरा–१ कसेरी ४० वर्षिय मंगा तामाङ्गको शव भेटिएको हो । कालिका गण कास्कीको गोताखोर टोली र विपद् उद्धार टिमसहितको फौजले शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । अर्का ४३ वर्षिय रक्सेस… पुरा पढौ

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कूल ५९… पुरा पढौ

सुनचाँदीकोे भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा सुनचाँदीकोे भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हप्ताको पहिलो दिन हिजो तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो । पुरा पढौ