देश

राष्ट्रिय सभा निर्वाचन: आज रातिदेखि मौन अवधि,

काठमाडौं । यहि ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । यस्तै, कुनै पनि विधि, प्रक्रिया… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

माघ ७ काठमाण्डौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए । बरामद् भएको सुन… पुरा पढौ

छ महिनामा करिब सात खर्ब व्यापारघाटा

माघ ७ काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख… पुरा पढौ

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

माघ ७ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे । उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप,… पुरा पढौ

नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री प्रचण्ड

माघ ७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन् । युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताए । “सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ । नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने… पुरा पढौ

प्रधानमन्त्री दाहाल र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन गरिँदै

सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । “खोप प्रयोग नभएपछि म्याद सकिएको छ,” उनले भने, “धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ ।” प्रवक्ता… पुरा पढौ

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । “हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ… पुरा पढौ

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा… पुरा पढौ

स्कुल बसले ठक्कर दिदा सोहि विद्यालयमा अध्ययनरत पोखरा–२४ कास्कीकोटका बालकको मृत्यू

माघ ५ पोखरा । पोखरामा स्कुल बसले ठक्कर दिदा सोहि स्कुलमा अध्ययनरत विद्यार्थीको शुक्रबार मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग.१ क.४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा शुक्रबार दिउँसो २ः४५ बजे ठक्कर दिदा सोहि विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षिय समिर कार्कीको मृत्यू भएको हो । बसबाट झरेर घर जान लागेका उनलाई सोहि बसले ठक्कर दिदा गम्भीर घाइते भएपछि उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा दिउँसो ४ बजे मृत्यू भएको कास्की… पुरा पढौ