देश

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

फागुन १३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग प्रधानमन्त्रीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको अवस्थाप्रति आफू गम्भीर रहेको र यसको सुधारका पक्षमा सरकारले काम पनि गरिरहेको जानकारी दिएको ती संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा… पुरा पढौ

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार

फागुन १३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आजका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मङ्गलबार हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन् । “पार्टी अध्यक्षले… पुरा पढौ

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर

फागुन १३ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने तीन सय ९७ रोपनी आठ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगे

पोखरा, फागुन १३ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगेका छन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगोपनि परेपछि उनीहरु सिधै सामान ल्याउन चीन पुगेका हुन् । विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली शनिबार राती ११ः५५ बजेको फ्लाईटबाट चीन प्रस्थान गरेका थिए । यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । शनिबार फेरी अर्को टोली सामान लिन चीनतर्फ प्रस्थान गरेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल… पुरा पढौ

मापदण्डानुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो… पुरा पढौ

चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द,गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू ९बटर० र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए। उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध… पुरा पढौ

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

पोखरा, फागुन १२। पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत… पुरा पढौ

पोखरामा सुनका गरगहना चोरी गर्ने ३ जना पक्राउ

पोखरा, फागुन १२ सुनका गरगहना चोरी गर्ने ३ जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२६ बिजयपुर सम्पदाटोलबाट सुनका गरगहना चोरी गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं.–३ घर भई हाल बिजयपुर बस्ने बर्ष २८ का विसन रानाभाट, दोलखा भिमेश्वर घर भई हाल पोखरा–९ नयाँबजार बस्ने बर्ष २६ का रोहन प्रधान र तनहु जिल्ला शुक्लागण्डकी न.पा. वडा नं.–१० ढोरफेदी घर भई पोखराको बिजयपुर बस्ने २४ वर्षिय अर्जुन नेपालीलाई… पुरा पढौ