देश

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

असोज २४ काठमाण्डौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन् । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ… पुरा पढौ

सुन तस्करी प्रकरण : चार जनाविरुद्ध मुद्दा

काठमाडौँ २४ असोज ।विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता न्यौपानेले बताए । गुरुङ हाल फरार छन् । छिरिङ ६१ किलो सुन तस्करीकासमेत… पुरा पढौ

काभा पुरुष भलिबल च्यालेन्ज कपमा अफगानिस्तान नेपालसँग पराजित

असोज २४ काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो । अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपाल हालसम्म खेलेका… पुरा पढौ

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

असोज २४ काठमाण्डौं । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले… पुरा पढौ

कालीगण्डकी प्रसारण करिडोर: खुर्कोट-न्यु बुटवल खण्डको परीक्षण सफल

राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो । विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल सबस्टेशनसम्म करिब ९० किलोमिटर… पुरा पढौ

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उनी मङ्गलबार साँझ यहाँ आइपुगेका थिए । मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिए । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी… पुरा पढौ

आज अन्तर्राष्ट्रिय बालिका दिवस

अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ । दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण ९गल्र्स टेकओभर० मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय… पुरा पढौ

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारको आह्वान

असोज २३ काठमाण्डौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् । रासस पुरा पढौ

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल

असोज २३ दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् । एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे । जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग… पुरा पढौ