देश

हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको थियो । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास… पुरा पढौ

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट

भदौ १८ बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छयौट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको सो कार्यालयले जनाएको छ । सरकारले अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदनहरु उक्त कार्यालयमा दर्ता भएको थियो भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले मिटर… पुरा पढौ

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपाल र भारतबीचको खेलमा ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने। अर्का ओपनर कुशल भुर्तेल ३८ रन… पुरा पढौ

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

भदौ १८ काठमाण्डौं नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो । कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर,… पुरा पढौ

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री

भदौ १८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको… पुरा पढौ

नेपालले पूरा ग¥यो दुई सय रन

भदौ १८ काठमाण्डौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ । पुरा पढौ

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन :मन्त्री चौधरी

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु ।’ भूमि व्यवस्था, सहकारी… पुरा पढौ

एसिया कप क्रिकेट: नेपालले एक विकेट गुमायो

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । अहिले… पुरा पढौ

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकाछन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको उत्पादनमा कमी आएको तथा दुर्घटना… पुरा पढौ

पोखरामा साढे दुई दशकपछि बाघ जात्रा प्रदर्शन, राजारानीदेखि बाघसमेतको झल्को

पोखरा, भदौ १८ पोखरामा झण्डै अढाई दशकपछि वर्षपछि बाघ जात्रा शुरु भएको छ । जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा तेईस वर्षपछि सोमबारदेखि बाघ जात्रा शुरु भएको हो । नेवाः खल कास्कीको आह्वान तथा बाघ जात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दियो प्रज्वलन गरेर उद्घाटन गरेपछि शुरु गरिएको थियो । बाघ जाको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा… पुरा पढौ