देश

आजदेखि बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ… पुरा पढौ

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने अध्यक्ष ओलीको अठोट

असोज २७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताएका हुन् । “असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ… पुरा पढौ

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की

असोज २७ विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गरे । उनले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त… पुरा पढौ

माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

असोज २७ काठमाण्डौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको… पुरा पढौ

दुई दुर्घटनापछि मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन

असोज २७ काठमाण्डौं । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । तीन महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् अब उक्त कम्पनीसँग… पुरा पढौ

ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन

पोखरा, असोज २७ ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्वलन गरेको हो । हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका २५४… पुरा पढौ

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन। कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको… पुरा पढौ

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल

असोज २६ कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।” उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व… पुरा पढौ

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस् : राष्ट्रपति पौडेल

असोज २६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उनले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश,… पुरा पढौ

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

असोज २६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्दै प्रधानमन्त्री प्रचण्डले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताए । राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण… पुरा पढौ