देश

ब्याजदर घटाउन पोखराका पर्यटन व्यवसायीको माग

असोज २६ पोखरा । होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सङ्घले आज नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिकीकरण, पुनःसंरचना र पुनःलगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो । सङ्घको एक टोली नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगेर कार्यालयका निर्देशक आर्या जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड… पुरा पढौ

कोशीमा प्रदेशमा भोलि सनाखतपछि मुख्यमन्त्री नियूक्त गरिने

काठमाण्डौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङले भोलि मात्रै सांसदहरुको सनाखत गराउने भएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ जना सांसदहरु सशरीर उपस्थित भएर पुगेको कार्कीसहितका सांसदहरुले आजै सनाखत गर्नुपर्ने दबाब दिए पनि प्रदेश प्रमुख परशुराम खापुङले अहिले रात परेको र भोलि बिदा भएपनि सनाखत गरिने बताएका थिए । पुरा पढौ

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

असोज २५ काठमाण्डौं । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गएका छन् । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको… पुरा पढौ

कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : अध्यक्ष नेपाल

असोज २५ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताएका छन् । पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दैै पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् । “हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देश बाहिर पलायन भइरहेको छ”, उनले भने, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी… पुरा पढौ

विश्वकप छनोट : नेपाल लाओससँग बराबरीमा रोकियो

असोज २५ काठमाण्डौं । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’… पुरा पढौ

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

असोज २५ काठमाण्डौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय–सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो । मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव… पुरा पढौ

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ दशैपछि हुने

असोज २५ काठमाण्डौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले भने, “मुद्दा आजको पूर्ण इजलासमा हेर्न नमिल्ने भयो । अब अर्को इजलास तय गरेर पूर्ण इजलासमै सुनुवाइ गर्ने आदेश भएको छ ।”… पुरा पढौ

कारोबारको अन्तिम दिन नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ । कारोबार पछि कूल बजार पुँजीकरण रू २८ खर्ब… पुरा पढौ

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन केही ढिलाइ हुने

काठमाडौ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो । उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका… पुरा पढौ

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त

मध्यविन्दु । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक… पुरा पढौ