देश

ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरियो : सीआईबी

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् । आज सार्वजनिक हुनेमा… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदी भने स्थिर

सुनको भाउ आज घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

लागुऔषध छाडेर अब सचेतनातर्फ

चौध वर्षको उमेरमा लागुऔषध दुव्र्यसनीमा फसेका रमेश भण्डारी अहिले लागुऔषध प्रयोग गर्नु हुँदैन भन्ने जनचेतना फैलाउने अभियानमा छन् । बागलुङ नगरपालिका–२ श्रीनगर टोलका उनी लागुऔषधमा फसेको त्यो आठवर्षे अँध्यारो यात्रालाई बिर्सेर नयाँ जीवन जिउँदै छन् । आफूले जस्तो दुःख अरुले भोग्न नपरोस् भन्दै समाज रुपान्तरण र लागुऔषधमा फसेकालाई पुनःस्थापनातर्फ लागेको भण्डारी बताउछन् । “नौ कक्षा पढ्दादेखि नै लागुऔषध दुव्र्यसनीमा लागे, चुरोटबाट सुरु भएको दुव्र्यसनीको यात्रा कोकिन र हिरोइनसम्म पुग्यो, सुईमार्फत लागुऔषध प्रयोगसमेत गरेँ”, विगत सम्झँदै उनले भने, “लागुऔषधमा फसेको आठ… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताए । भू–उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ… पुरा पढौ

यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर आय तथा व्ययको अनुमान पेश गरिएको र सोहीअनुरुपका योजना तथा कार्यक्रम बजेटमा राखिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थमन्त्रालय शीर्षकको वार्षिक बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले विद्यमान कानूनी व्यवस्था तथा आर्थिक अनुशासनको पूर्णपालना र मुलुकको आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर बजेट ल्याइएको बताएका हुन् “समग्र अर्थतन्त्रलाई गति दिनका लागि अर्थ मन्त्रालयले भिजनका साथ यथार्थको… पुरा पढौ

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो

काठमाण्डौं । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले गोल गरे । उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन् । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जीत… पुरा पढौ

असार २४ गतेभित्र सबै भुक्तानी गरिसक्न महालेखा नियन्त्रक कार्यालयको परिपत्र

काठमाण्डौं । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो । कूल… पुरा पढौ

ललिता निवास प्रकरण: थप पाँच जना पक्राउ

ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो… पुरा पढौ

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउछन् । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरेका छन् । यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई… पुरा पढौ