देश

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुव्र्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक… पुरा पढौ

यूट्युबर राजकुमार पक्राउ, वानएक्स बेटको प्रचार गरेको आरोप

असार १० काठमाडौं । मोटो भ्लगर राजकुमार थापामगर वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका छन् । शुक्रबार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजकुमार थापा मगरबाट परिचित यूट्यूवर राजकुमार तामाङलाई पक्राउ गरेको हो । काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमार यूट्यूवमार्फत मोटो–भ्लगिङ गर्दै आएका छन् ।यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । पक्राउ परेका उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको प्रहरीको आरोप छ… पुरा पढौ

पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालियो

असार १० काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ पशुपतिनाथ मन्दिरको जलहरी अख्तियारको टोलीले जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डौ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली,… पुरा पढौ

सडक विस्तारको कामले मासियो सम्पदा

बागलुङ । बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन् । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेकोे एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ । उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो । एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गर्नुभयो । उहाँले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको… पुरा पढौ

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको… पुरा पढौ

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने… पुरा पढौ

जसपाको विधान अधिवेशन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ । यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय… पुरा पढौ

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग

तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ । गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गको काम अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले बताए । बुद्धसिं मार्गमा कालोपत्रको कामलाई अगाडि बढाउन लागिएको छ… पुरा पढौ

युवापुस्ताको रुचिमा छैन बाजा बजाउने पेसा

दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो । बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ । “लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने… पुरा पढौ

अव नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई सजाय हुने

काठमाडौ । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । यो व्यवस्थापछि परिवारका सदस्यको असहयोगका कारण नागरिकता नपाउने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयनमा आएको ऐनमा गैर आवासीय नेपालीलाई नागरिकता… पुरा पढौ