देश

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका हुन् । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए । सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा… पुरा पढौ

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद… पुरा पढौ

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्… पुरा पढौ

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो । अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित् भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गरे । सो अवसरमा प्रमुख आयुक्त थपलियाले… पुरा पढौ

‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ । “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गरेका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित… पुरा पढौ

नेपालले पपुवा न्यूगिनीलाई दियो २९८ रनको विशाल लक्ष्य

घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग - २ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै २९७ रनको योगफल बनायो । यो नेपालले एक दिवसीय खेलमा बनाएको हालसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि २८७ रन बनाएको थियो । नेपालका सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११०… पुरा पढौ

नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सङ्घीय सदस्यतर्फका दुई सय २० र प्रदेशसभातर्फ दुई सय ६० सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । तेस्रो राष्ट्रपतिका लागि… पुरा पढौ

प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । रासस पुरा पढौ

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँः मन्त्री शर्मा

सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन । स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गदैँ उाले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए। संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको जनाउँदै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताए । उनले भने, “हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेल कांग्रेससहित… पुरा पढौ