काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास…
पुरा पढौ