देश

जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ: सेना

यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी… पुरा पढौ

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्र प्रमुख चयन हुनुपर्नेमा जोड दिएको हो । बैठकमा बोल्ने अधिकांशले संवैधानिक भूमिका रहने भए पनि राष्ट्रपति चयन गर्दा सबै पाटा र पक्षलाई ख्याल गर्न सक्ने र सबैको स्वीकार योग्य व्यक्ति आवश्यक रहेकामा जोड दिइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, “राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन… पुरा पढौ

बालुवाटार पुगरे रविले बुझाए राजीनामा

काठमाण्डौं । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । शुक्रबार सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका लामिछानेले साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए । लामिछाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकता अवैध ठहर गर्दै विपक्षमा फैसला सुनाएको थियो । पुरा पढौ

अदालतको फैसलाको स्वागत गर्छु : लामिछाने

काठमाण्डौं । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय नरहेको र अदालतको फैसलालाई आफूले स्वागत गरेको बताएका हुन् । उनले भने ,“अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने । सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ? भनी पत्रकारले सोधेको प्रश्नमा लामिछानेले… पुरा पढौ

रबि लामिछाने सांसद बन्न अयोग्य भएको सर्वोच्चको ठहर

काठमाण्डौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद बन्न अयोग्य भएको फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए… पुरा पढौ

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्र्षसम्म प्रतिबन्ध लगाउने

काठमाडौ । रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्र्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकले नगद कारोबारमा प्रतिबन्ध लगाउन सक्नेछ । नेपाल राष्ट्र बैंकको नियमावलीको नियम १६ मा नियम उल्लङ्घन गरेमा विप्रेषण कम्पनीलाई हुने सजाय तथा जरिवानाका बारेमा यस्तो उल्लेख गरिएको छ । नियमन उल्लङ्घन गरेमा विप्रेषण… पुरा पढौ

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए । स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टाँै लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए । “ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्”, उनले भने । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न… पुरा पढौ

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन हुनुभएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए । कार्यक्रममा बोल्दै मन्त्री शर्माले… पुरा पढौ

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिए। “अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा… पुरा पढौ

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

ढोरपाटन ः बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको… पुरा पढौ