अर्थ

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४… पुरा पढौ

‘एक्सपेङ जी–सिक्स’ पोखराको अटोवेजबाट बिक्री शुरु

मंसिर १८ पोखरा । पोखराको अटोवेज प्रालि, नयाँबजारबाट चिनियाँ अटोमोबाइल नयाँ ब्रान्ड एक्सपेङ जी–सिक्सको विक्री सुरू भएको छ । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले अटोवेजलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक घोषणा गर्दै यहाँका लागि यस गाडी लञ्च पनि गरेको छ । पोखराका मेयर धनराज आचार्य, सीजी मोटर्सका सीईओ÷निर्देशक हेमन्त अग्रवाल, अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेललगायतले सोमबार साँझ होटल पोखरा ग्राण्डमा एक समारोहका बीच एक्सपेङ जी–सिक्स लञ्च गरेका हुन् । यससँगै नेपालमा एक्सपेङको उपस्थिती थप विस्तार गरेको… पुरा पढौ

नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ । पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा । रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा… पुरा पढौ

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

मंसिर १७ पोखरा । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । भौतिक मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १२ अर्ब ७० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । सोमबार चालु आर्थिक वर्षको मन्त्रालयस्तरीय विकास… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ । बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क एक दशमलव… पुरा पढौ

एक सातामा धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन

विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । “९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन्… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ । यसैगरि , नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ । पुरा पढौ

महिला हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउँदै महिला उद्यमी संघ कास्कीको टोली मर्दी हिमाल ट्रेकिङमा

पोखरा, मंसिर १६ महिला हिंसा अन्त्यका लागि ऐक्बद्धता जनाउँदै महिला उद्यमी संघ, नेपाल कास्कीको टोली मर्दि हिमाल ट्रेकिङमा निस्केको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहँदा ‘महिला हिंसा अन्त्यका लागि महिला उद्यमी संघ नेपाल, कास्कीको ऐक्यबद्धता’ भन्ने नारासहित ७ सदस्यीय टोली मर्दि हिमाल ट्रेकिङमा निस्किएको हो । संघ कास्कीकी अध्यक्ष सरु बरालसहितको टोली आज पोखरादेखि माछापुच्छ«े गाउँपालिकाको भिंडाबारीसम्म गाडीमा गएर त्यसपछि ट्रेकिङ शुरु गरेको हो । टोली आज २ हजार ७ सय मिटरको उचाईमा रहेको रेस्ट क्याम्पमा पुगेर बास… पुरा पढौ