अर्थ

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए । उनले भने, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।” यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले… पुरा पढौ

बागलुङका पर्यटकीय क्षेत्र सुनसान

ढोरपाटन । बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् । बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ । गत वर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो । अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ८ सय रुपैयाँ बढेर तोलामा १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९३५ रुपैयाँ कायम भएको हो । पुरा पढौ

बचत अपचलन मुद्दामा इमेज ढोरपाटन नगरप्रमुख नेपालीलाई कारागार चलान

गलकोट । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो । इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मङ्गलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार… पुरा पढौ

नेपालको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल… पुरा पढौ

जिवी राईसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड अपचलन गर्ने एक जना पक्राउ

पोखरा, असोज १५ सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जिवी)सँग मिलेमतो गरी ३ करोड भन्दा बढी रकम आफ्नो खातामा हालेर अपचलन गरेको आरोपमा प्रहरीले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई पक्राउ गरेको हो । पछाईलाई सोमबार पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराई चार दिन म्याद… पुरा पढौ

लेकसाईडमा भारतीय मगन्तेले पर्यटकलाई दुःख दिदै, व्यवस्थापन गर्न टान गण्डकीको आग्रह

पोखरा, असोज १५ पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाईड तथा फेवाताल किनारमा भारतीय मगन्तेले पर्यटकलाई दुःख तथा हैरानी दिने गरेका छन् । घुम्न र ट्रेकिङ गर्न आएका पर्यटकलाई ती भारतीय मगन्तेहरुले मागेर हैरान पार्नेगरेका हुन् । शुरुमा हात थापेर माग्ने र त्यसो गर्दा पैसा नदिए खुट्टा समातेर पैसा नदिएसम्म अगाडि बढ्नै नदिने गरेका छन् । जसका कारण पर्यटकहरु दिग्दार बनेका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । यसैबीच, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले भारतीय मगन्तेले पर्यटकलाई दुःख दिएको भन्दै… पुरा पढौ

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ । आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव… पुरा पढौ

तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको रु १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । “जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,”… पुरा पढौ

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

गलकोट । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउछन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ । लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले रु १० लाख ५० हजारको निगुरो बिक्री गरे । पुर्जाले भने, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा… पुरा पढौ