अर्थ

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

पर्वत । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् । यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो । तीन÷चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाई छ । पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक… पुरा पढौ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

असोज १४ काठमाण्डौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा… पुरा पढौ

धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ… पुरा पढौ

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?” ६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनअगेनातिर गए । फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, “यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।” भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी… पुरा पढौ

बुद्ध विशाल बजार पोखरामा चाडपर्व विषेश छुट अफर

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पुरानो सपिङ कम्प्लेक्स बुद्ध विशाल बजारले चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना ल्याएको छ । सपिङ गर्ने क्रममा ग्राहकहरूलाई नगद छुट दिने योजना विशाल बजारले ल्याएको हो । एशोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै २०८१ चाडपर्व विषेश छुट योजना सार्वजनिक गरेको हो ।यही असोज १२ गते शनिबार देखी मंसिर ३० गते आइतबार सम्म सपिङ गर्ने ग्राहकले ५ देखी २५ प्रतिशत सम्म नगद छुट पाउने छन । गत वर्षको चाडपर्वमा यो योजना प्रभावकारी बनेपछि यस वर्ष… पुरा पढौ

‘एक्याप’को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उनले भने, “अब… पुरा पढौ

बाढी–पहिरो पीडितको अस्थायी आवासका लागि अनुदान उपलब्ध गराइने

सरकारले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । अविरल वर्षाका कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिबारे तत्काल विवरण सङ्कलन गरी राहत उपलब्ध गराउने उद्देश्यका साथ सो निर्णय गरिएको हो । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यसमिति’को बैठकले गृह, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात,… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ । रासस पुरा पढौ

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने

असोज १३ काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ । काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अवरिल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो । प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन… पुरा पढौ

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

असोज १३ पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी/व्यवसायीहरुका समस्या समाधान एवं नीतिगत पैरवीमा दुवै संस्थाबीच कार्यगत एकता जरुरी रहेको बताए । समग्र कास्कीको आर्थिक उन्नतिका लागि पनि व्यावसायिक संस्थाहरुबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । पोखरा चेम्बर अफ कमर्श,कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीमाथि आइपर्ने समस्या सल्टाउन निजी… पुरा पढौ