अर्थ

पोखरामा एबीसी टिभीको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया हुँदैं

असोज ११ पोखरा । एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा बृहत संवाद कार्यक्रम हुन लागेको हो । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा यही १३ गते आइतबार हुने कार्यक्रमको तयारी पूरा भएको गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समयावधि करिब १… पुरा पढौ

विश्व पर्यटन दिवसः पोखराको रिञ्जे नासा गाँउमा घरबास प्रवर्द्धन

गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च९भिटोफ० गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा… पुरा पढौ

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो । मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित… पुरा पढौ

पराजुली परिवारको आरोप : मालपोतको हाकिमले आफूहरुको जग्गा गैरकानूनी रुपमा सरकारी बनाए

पोखरा, असोज ११ देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस र पराजुली परिवारले दाबी गर्दै आएको जग्गा सरकारी बनाएपछि विवाद थप चर्किएको छ । पिएन क्याम्पस र पराजुली परिवार दुबैले दाबी गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा मालपोत कार्यालय कास्कीले दुबैको दाबी नपुगेको भन्दै गत भदौ २५ गते सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । पोखरा विन्ध्यवासिनी निवासी पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले सम्वत १८७७ मा लालमोहरबाट प्राप्त गरी पराजुली… पुरा पढौ

विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल

दमौली । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ । व्यास –५ मानुङकोट केही समययता निकै चर्चित गन्तव्यस्थल हो । यहाँबाट देखिने कुहिरो र सूर्योदयको दृश्य हेर्न हजारौँ पर्यटक यहाँ आएको तथ्याङ्क छ । विशेषगरी जाडो मौसममा मानुङकोटमा पर्यटकको बाक्लो उपस्थिति रहन्छ । पर्यटकीय नगरी बन्दीपुर त विदेशी तथा स्वदेशीको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइसकेको छ । यहाँ देशका विभिन्न जिल्लाका अलवा विदेशबाट पनि पर्यटक आउने गरेका… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान

लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ । चाँदीको मूल्य भने यथावत छ । महासङ्घले चाँदीको मूल्य… पुरा पढौ

पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

असोज १० पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् । सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको संयोजनमा आज पोखरामा आयोजित पर्यटन विकासका लागि नवीनतम दृष्टिकोण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रुपमा विकास गर्न आफ्ना कार्यक्रम अगाडि ल्याएको जानकारी दिए । सीमित स्रोत साधनबीच पनि यहाँका पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले पोखरामा संसारभरिका… पुरा पढौ

कास्की प्रशासन कार्यालय अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा कारण देखाउ आदेश जारी

पोखरा, भदौ ९ जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल राष्ट्र बैंक, जिल्ला कारागार कास्कीसहितका सरकारी कार्यालयहरुजस्ता संवेदनशिल क्षेत्र नजिकै नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषको लगानीमा पेट्रोल पम्प निर्माण गरिन थालेपछि त्यसबिरुद्ध परेको रिट निवेदन उपर विहीबार कारण देखाउ आदेश जारी भएको हो । अदालतले प्रहरी र निवेदकलाई छलफलका लागि यहि असोज १५ गते बोलाएको छ । सोहि छलफलपछि अन्तरिम आदेश… पुरा पढौ

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो… पुरा पढौ

ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार

म्याग्दी । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् । हरेक वर्षको वसन्त र शरद्याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरु आउँछन् । कम्पनीहरुले… पुरा पढौ