अर्थ

डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० पोखरामापनि लञ्चिङ

पोखरा, असोज १ बजाजको पल्सर एनएस २०० पोखरामापनि बिक्री शुरु भएको छ । बजाजको आधिकारिक बिक्रेता ईच्छाशक्ति अटोमोवाइलले पोखरा नयाबजारस्थित बजाज सो–रुममा सोमबार एक औपचारिक कार्यक्रम गरेर बजाज पल्सर एनएस २०० लञ्चिङ गरेको हो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसनका अध्यक्ष कृष्ण श्रेष्ठले सो बाईकको संयुक्त रुपमा लञ्चिङ गरे । यो मोडलको पल्सर पोखरासहित देशैभर आजै एकसाथ बिक्री शुरु गरेको नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड… पुरा पढौ

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो । विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए । “गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा रु २० करोड लगानी भएको छ,” उनले… पुरा पढौ

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

भदौ ३१ काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को आज काठमाडौँमा सातौँ सम्मेलनको उद्घाटन समारोहमा उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गरे । “नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको… पुरा पढौ

नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले… पुरा पढौ

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, अमेरिकी डलरको मूल्य बढेन

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने… पुरा पढौ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आइतबार मध्यरातीबाट लागु हुनेगरि मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा चार रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै अब पोखरामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएसँगै मूल्य समायोजन गरिएको हो । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की, उप-महासचिवमा प्रधानाङ्ग बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की बिजयी भएका हुन् । कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । बिजयी कार्की निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पोखरेल दोश्रो पटक अध्यक्षमा पराजित भए । संघको उप(महासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भए । प्रत्यासी बालकृष्ण… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की बिजयी भएका हुन् । बिजयी कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको चुनाव : १३९९ गणना गर्दा ३२२ मतान्तरले कार्की अगाडि

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले अग्रता जारी राखेका छन् । १ हजार ३ सय ९९ मत गणना गर्दा कार्की ३२२ मतान्तरले अग्रता जारी राख्न सफल भएका छन् । हालसम्मको मत परिणाम अनुसार कार्कीले कार्कीले ८ सय ५४ मत प्राप्त गर्दा पोखरेलले ५ सय ३२ मत प्राप्त गरेर पछ्याईरहेका छन् । पुरा पढौ