अर्थ

टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन्। टान गण्डकीको शनिबार सम्पन्न अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष आचार्यलाईअध्यक्षमा चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सड्रौला, सह-सचिवमा भुपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दिपकप्रसाद सापकोटा निर्विरोध चयन भएका छन्। कार्यसमिती सदस्यहरुमा प्रकाश पौडेल, माधबप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा धर्मराज पन्थी छन् । पुरा पढौ

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

भदौ १५ दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय… पुरा पढौ

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल

भदौ १५ बुटवल । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने,“अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।” उनले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको छ… पुरा पढौ

एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

भदौ १५ काठमाण्डौं । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको पहिलो वर्ष विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । “कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको एक वर्षमा एमसिए नेपालले महत्वपूर्ण… पुरा पढौ

पोखरा भित्रिने नाकादेखि नै पर्यटकलाई जबरजस्ती स्कर्टिङ, रोक्न व्यवसायीको माग

पोखरा, भदौ १५ पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरुले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार आयोजित १२ औं साधारण सभामा बोल्दै पोखरा सिटी क्षेत्रका होटल व्यवसायीहरुले पर्यटक चढेको गाडीलाई पोखरा छिर्ने नाकाबाटै स्कर्टिङ गरेर आफ्नो होटलमा लैजाने प्रवृत्ति अझै नघटेको बताएका हुन् । पोखरा लेकसाईडका ठूला होटलहरुले पर्यटकलाई पोखरा भित्रिने नाकाहरु छोरेपाटन, कालीमाटी, गगनगौंडा, बिजयपुरबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको उनीहरुको आरोप छ । यसअघिपनि पोखराका ठूला होटलहरुले… पुरा पढौ

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार… पुरा पढौ

वन पैदावर सामग्रीमा गण्डकी प्रदेश सरकारले लगाएको ३० प्रतिशत कर लागु नगर्न सर्वोच्चको आदेश

पोखरा, भदौ १४ गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले वन ऐन बनाएर सामुदायिक वनमा रहेका वन पैदावर सामग्री बाहिर बिक्री गर्दा ३० प्रतिशत कर लगाउने प्रावधान बनाएपछि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत गएको थियो । गण्डकी प्रदेश सरकारलाई विपक्षी बनाएर महासंघले हालेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र… पुरा पढौ

ओलि एण्ड एसोसिएट्सद्वारा मानवसेवा आश्रममा खाद्यन्न वितरण

भदौ १३ पोखरा । ओलि एण्ड एसोसिएट्स पोखराले आफ्नो १० औं स्थापना दिवस र लेखा व्यवस्थापक प्रतिक्षा आचार्यको जन्मदिनको अवसरमा मानवसेवा आश्रम, छोरेपाटन, पोखरामा खाद्यन्न सामाग्री र फलफूल वितरण गरेको छ । आश्रममा बसोबास गर्दै आएका लक्ष्मी आमा तथा बाल गोपालहरूप्रति गरिमा बढाउँदै, ओलि एण्ड एसोसिएट्सको टोलीले गरेको खाद्य सामाग्री तथा फलफूल वितरण गरेको हो । सो अवसरमा बोल्दै संस्थाका प्रतिनिधि साधना हमालले भनिन्, “हाम्रो जीवन एउटा प्रतिध्वनी हो, जुन हामी अरूलाई दिन्छौं, त्यसैको प्रतिफल फिर्ता पाउँछौं। यो सोचलाई आत्मसात्… पुरा पढौ

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको टोली… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि, तयारी पूरा

पोखरा, भदौ ९ पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ