अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

म्याग्दीको हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति सुरु

गलेश्वर । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध… पुरा पढौ

पोखराको रोपाईं महोत्सवमा पर्यटक रमाए

असार १५ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् । एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उहाँले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राखे । सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दैै उनले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध… पुरा पढौ

गण्डकीमा भित्रियो राइड सेयरिङ ‘ई–ड्राइभ’

पोखरा, असार १५ गण्डकी प्रदेशमा राईड सेयरिङ एपबाट सञ्चालन हुने ई–ड्राइभ भित्रिएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालको सहकार्यमा ‘मेक ईन नेपाल, मेड इन नेपाल’को अवधारणासहित राईड सेयरिङ एप सञ्चालनमा ल्याएको ई–ड्राइभ गण्डकी प्रदेशमा सेवा दिनेगरी भित्रिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखराका १० युवाहरुको पहलमा प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट सवारी साधन बुक गरेर गन्तव्यमा पुग्न सकिने ई–ड्राइभ पोखरा भित्रिएपनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेचाहिं टुंगो छैन । किनकी… पुरा पढौ

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने-नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग… पुरा पढौ

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार रुपैयाँले बढेको हो । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । यसैगरि, चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

निरमाया दोहोरी साँझ २० वर्षमा प्रवेश, एक साता वार्षिकोत्सव मनाउने

असार १४ पोखरा । दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७… पुरा पढौ

महालेखाको प्रतिवेदनप्रति मणिपालको आपत्ति, अनावश्यक रुपमा विवादमा तान्न खोजेको गुनासो

पोखरा, असार १३ पोखराको मणिपाल शिक्षा अस्पतालले महालेखा प्ररीक्षकको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मणिपालले करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै सो कर असुल उपर गर्न भनेकोप्रति मणिपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो । उसले समयमा काम नगरिदिएर राज्यले पटक÷पटक दुःख दिएको बताएको छ । साथै महालेखाले स्वास्थ्य संस्थालाई अनावश्यक रुपमा विवादमा तानेर मानमर्दन गर्न खोजेकोसमेत मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मणिपालले महालेखा परीक्षकको प्रतिवेदन हल्का… पुरा पढौ

सुनको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

असार १२ पोखरा ।गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन । ठूलो जनशक्तिले हाल पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ । मागेजति र खोजेजति दक्ष जनशक्ति नपाएको व्यावसायीले बताउने गरेका छन् । जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्नसक्ने पनि उनीहरुको चिन्ता छ । पर्यटन व्यावसायीका अनुसार… पुरा पढौ