नीति तथा कार्यक्रम : पर्यटन प्रर्वद्धन गर्न मेला महोत्सवहरुसँग सहकार्य गरिने


     एभरेस्ट आवाज    
     असार १० गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरा महानगरपालिकाले पोखराको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका विभिन्न मेला महोत्सवहरुसँग सहकार्य गर्ने नीति अगाडी सारेको छ ।

पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

महानगरले यहाँको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका रोपाइ महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहा ! रारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल लगायत अन्य खेलकुद, फुड फेस्टिभल, हेमजा आलु महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव, ढुंगेसाँघु मेला, प्याराग्लाइडिङ महोत्सवलगायतका कार्यक्रममा सहकार्य गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।