अर्थ

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

चैत २९ पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए । साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने… पुरा पढौ

पोखरामा मात्रै २० लाख पर्यटक भित्र्याउन सकिन्छ : पर्यटन परिषद अध्यक्ष श्रेष्ठ

पोखरा । पोखरामा मात्रै वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि शुरु भएको तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । पोखरामा अहिलेपनि वार्षिक १० लाख पर्यटक पोखरा आउने गरेको दावी गर्दै संघ, प्रदेश र स्थानिय सरकारले स्पष्ट योजना ल्याएर सहकार्य गरेमा २० लाख पर्यटक पोखरामा भित्र्याउन कुनै समस्या नहुने उनको भनाई थियो । पुरा पढौ

पोखराको फेवा किनारमा ‘१९ औं फेवा नव बर्ष महोत्सव’ शुरु

चैत २९ पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच उद्घाटन गरे । महोत्सवको आरम्भ गर्दै आचार्यले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवा तालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी… पुरा पढौ

पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु बरामद

पोखरा, चैत २९ पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनी प्रदुषण गर्ने १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजाहरु बरामद गरेको जनाएको हो । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर–३ स्थित तेर्सापट्टीका विभिन्न स्थानमा बेच्न राखिएका ७१५ वटा साना तथा ठूला प्लाष्टिकका ध्वनी प्रदुषण गर्ने बाजाहरु बरामद गरिएको छ । त्यस्तै पोखरा–६ लेकसाईडबाट १२०० वटा ध्वनी प्रदुषण गर्ने साना तथा ठूला प्लाष्टिकका बाजाहरु बरामद गरिएको जिल्ला… पुरा पढौ

ध्वनि प्रदूषण भएको भन्दै पोखरामा प्रहरीद्धारा प्लास्टिकका बाजा बरामद

पोखरा । कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका–३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरामा बिहीबारबाट फेवा महोत्सव सुरु हुँदै छ । महोत्सव स्थल र आसपासमा ध्वनि प्रदूषण गराएको आरोपमा प्रहरीले चर्को आवाज निकाल्ने प्लास्टिकका खेलौना बेचबिखनमा रोक लगाएको छ । चाडपर्व र मेलाहरूमा बेचविखन गरिने यस्ता बाजाहरूले ध्वनि प्रदूषण गर्ने हुनाले मानव स्वास्थ्यमा असर पर्ने गरेको गुनासो… पुरा पढौ

चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

गलकोट । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । मङ्गलबारदेखि नवरात्र सुरु भएको छ । चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् । चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा… पुरा पढौ

मनास्लु‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । “पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ”, उनले भने। पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड… पुरा पढौ

म्याग्दी स्थित मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए। “अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै… पुरा पढौ

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका… पुरा पढौ

म्याग्दी स्थित गौश्वारा सिद्धभूमे सामुदायिक वनमा चिया खेती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । “हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले… पुरा पढौ