अर्थ

आलु महोत्सवमा आलुको पहाडसँगै सेल्फीको मञ्जा

वैशाख २ पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ । तस्विर खिच्न… पुरा पढौ

तनहुँको मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालन

वैशाख २ तनहुँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे । उनले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र… पुरा पढौ

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

वैशाख २ काठमाण्डौं । आइतबार पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर… पुरा पढौ

हेमजा आलु महोत्सवमा २२ लाखको कारोबार

वैशाख १ पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए । महोत्सव प्रवेशका लागि साधारण ८०… पुरा पढौ

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

चैत ३० पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया भयो । त्यस क्रममा अधिकाशं पशुको गोवरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भटिए ।त्यस्तै थुनेलो रोगका बारेमा प्रारम्भिक… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि

पोखरा । घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता… पुरा पढौ

नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

चैत ३० पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उको भनाई छ… पुरा पढौ

फेवा महोत्सव जारी, पर्यटक दौडमा ३५ सहभागी

चैत ३० पोखरा । पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबारआयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान हाँसिल गरे । महिलातर्फको छुट्टैमुल्यांकनमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जीद्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय भए । लेकसाइड स्थित पिस प्लाजा होटल अगाडिबाट सुरुभएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर लामो दौडमा कूल३५ पर्यटक सहभागी भएको प्रतियोगिताका… पुरा पढौ

बेरोजगारलाई रोजगार दिलाउन बैशाख १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

पोखरा, चैत ३० के तपाईं बेरोजगार हुनुहुन्छ ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ ? यदि छ भने चिन्ता नमान्नुस् । गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाहरुका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो । तीन दिनसम्म जारी रहने मेला पोखरा सभागृहमा… पुरा पढौ

पोखरामा मात्रै २० लाख पर्यटक भित्र्याउन सकिन्छ : पर्यटन परिषद अध्यक्ष श्रेष्ठ

पोखरा । पोखरामा मात्रै वार्षिक २० लाख पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले बताएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि शुरु भएको तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । पोखरामा अहिलेपनि वार्षिक १० लाख पर्यटक पोखरा आउने गरेको दावी गर्दै संघ, प्रदेश र स्थानिय सरकारले स्पष्ट योजना ल्याएर सहकार्य गरेमा २० लाख पर्यटक पोखरामा भित्र्याउन कुनै समस्या नहुने उनको भनाई थियो । पुरा पढौ