अर्थ

सुन तोलाको दुई लाख ५२ हजार २०० कायम

शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै… पुरा पढौ

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

गत आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा रू नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा रू चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ । सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत्… पुरा पढौ

तनहुँमा धान उत्पादन बढ्यो

यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड ९वर्णशङ्कर० जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए ।… पुरा पढौ

व्यापार मेलाकाे दाेश्राे दिन : बालन नाच प्रदर्शन, सूचना प्रविधिबारे परिचर्चा

पोखरा, १८ मंसिर । पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ ।हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा नयाँ पुस्तालाई यो नाचबारे जानकारी दिन मेलामा बालनलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए ।बालन नाचको क्रममा भगवानका लीला र अवतारहरुको वर्णन गरिन्छ । यो नाचका गीतहरु रामायण,महाभारत,कृष्णचरित्र र पुराणहरुमा आधारित हुन्छन् । ती ग्रन्थमा उल्लेखित… पुरा पढौ

पोखरा सडक महोत्सव पुस १३ देखि

सन्देश श्रेष्ठपोखरा, मंसिर १८ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको स्वागतार्थ २७ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो । महोत्सव क्षेत्रमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा खानाका परिकारहरु पस्कनेछन् । महोत्सवको तयारी शुरु गरिएको… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो । रासस पुरा पढौ

पाेखरामा औद्योगिक व्यापार मेला सुरु

पोखरा, १७ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको… पुरा पढौ

पर्यटक घट्दा बेगनास तालका डुङ्गा व्यवसायी सङ्कटमा

बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् । सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारी बताए । विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको… पुरा पढौ

उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । तारेखका लागि उपस्थित भएका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो । सोही अभियोगमा पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। दुवैलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारले जनाएको छ । पुरा पढौ

ठुला दलले नै बुझाएनन् निर्वाचन आयोगमा आय व्यय विवरण

ठुला दलले नै निर्वाचन आयोगमा आय व्यय विवरण नबुझाएको खुलासा भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र बिभिन्न कम्युनिष्ट घटक मिलेर हालैमात्र गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा समावेश दलले नै गत आर्थिक बर्षको आय व्यय विवरण नबुझाएको आयोगले जनाएको छ । आयोगमा हालसम्म विभिन्न ३३ वटा दलले मात्र गत आर्थिक वर्षको आय व्यय विवरण बुझाएका छन्। आय व्यय बुझाउनेमा अधिकांश साना दल रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। दलहरू… पुरा पढौ