अर्थ

कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

एकसातामा नेपाल चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन इभ० नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका(१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा इभी नेपाल भित्रिएका हुन् । भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनमध्ये ६१४ वटा इभीको भन्सार जाँचपास भइसकेको छ । नेपाल भित्रिएर भन्सार जाँचपास भइसकेका विद्युतीय सवारीसाधन बिवाइडी कम्पनीको रहेका उनले जानकारी दिए । चिनियाँ कम्पनीमार्फत बनेका त्यस्ता विद्युतीय… पुरा पढौ

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ । सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली ९कोपोमिस० मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । कोपोमिसमा २०८१ असार मसान्तसम्म १८ हजार ८९७ सहकारी… पुरा पढौ

पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना

पोखराका व्यवसायी देवराज पौडेल ‘धुर्व’ले आफ्नी स्वर्गीय श्रीमतीको जन्मदिनमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन् । पोखरा १९ घार्मीको महेन्द्र माध्यमिक विद्यालयमा श्रीमती शारदा पौडेलको स्मृतिमा उनले १ लाख १५ हजार रुपैयाँको कोष स्थापना गरेका हुन् । स्वर्गीय शारदा पौडेलले २०५० साल देखि २०५७ सालसम्म सो विद्यालयमा अध्यापन गराएकी थिईन् । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बिच स्वर्गीय पौडेलका पिता हरिबहादुर कार्की,श्रीमान देवराज पौडेल र आफन्त दीपेन्द्र बस्नेतले महेन्द्र अक्षयकोषमा रहने गरी सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने,वडा सदस्य कल्पना… पुरा पढौ

सबुपोखरी पदमार्ग प्रवर्द्धन गर्न दुईदिने हाइकिङ सम्पन्न

पोखरा, १० जेठ । कास्कीको मादी गाउँपालिका–८ मा सबुपोखरी पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ्तिङ–क्रपुडाँडा–सबुपोखरी–मिजुरेडाँडा ट्रेकिङ रुटमा दुईदिने हाइकिङ कार्यक्रम गरिएको छ । मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सञ्चालन गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेस, मादी गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।आयोजक समितिका सचिव मीनबहादुर भट्टराईका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी, गुरुङ पर्यटन व्यवसायी संघ, हाइकर्स क्लब नेपाल, ट्रेकर्स… पुरा पढौ

कफी किसानबीच अनुभव आदान-प्रदान

पोखरा, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा युरोपियन युनियन तथा जर्मन साझेदार संस्था जीआइजेडसँगको सहकार्यमा पोखरामा कफी किसानहरुको भेला आयोजना गरिएको छ । कफी किसानहरुबीच अनुभव आदान–प्रदान तथा सहकार्यका निम्ति आयोजित सो भेलामा कास्की,स्याङ्जा र पर्वतका २४ जना किसानहरुको सहभागिता रहेको थियो । सो भेलामा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले किसानहरुबीच हुने अनुभव आदान प्रदानले समस्या समाधान र नयाँ सम्भावना खोजीमा सघाउने धारणा राखे ।नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यमको वृद्धिलाई… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा, सेवा प्रदायकलाई १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी

चरम संकटमा परेको स्वास्थ्य सेवा बीमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सरकारले सञ्चालन गरेको बीमा कार्यक्रममा चैत मसान्तसम्म स्वास्थ्य बीमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको हो । चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको छ । स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार,… पुरा पढौ

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख २४ हजार वचत

पोखरामा आयोजना भएको धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख भन्दा बढी रकम वचत भएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकीले गत फागुन ८ गते पोखरामा आयोजना गरेको उक्त कार्यक्रममा ५६ लाख २४ हजार ४ सय ५८ रुपैंया संकलन भएकोमा खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैंया वचत भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । गुरुङ गीत संगीतका नायक, अग्रज कलाकार धनबहादुर गुरुङको सम्मानमा आयोजित साँझमा करिब २१ लाख खर्च भएको कार्यक्रम संयोजक गोरे गुरुङले… पुरा पढौ

तनहुँ उवासंघका भ्रमण टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ उद्योग वाणिज्य संघले भ्रमणका लागि आएको तनहुँ उद्योग बाणिज्य संघको टोलिलाई विहिवार स्वागतसहित छलफल र अन्र्तकृया गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ विचको निकट सम्बन्धलाई थप मजबुत बनाउदैं व्यवसायीका अनुभव आदान प्रदान गर्न कार्यक्रम हायोजना गरिएको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताईन् । सोहि अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघको हाल सम्पन्न ६० ओैं वार्षिक साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भौगोलिक तर्फ केन्द्रिय सदस्य निर्वाचित भएका तनहु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष… पुरा पढौ

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ

गण्डकीको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने

सन्देश श्रेष्ठपोखरा, जेठ १२ गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै… पुरा पढौ