अर्थ

पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने रु एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ । चालु आर्थिक वर्ष २०८०र८१ को सुरुआती छ महिना अवधिमा मात्र पुँजी निर्माण अर्थात् विकास निर्माणका काममा सरकारले खर्च गरेको खर्चभन्दा सार्वजनिक ऋणको साँवाब्याज तिर्न भएको खर्च रु ६७ अर्ब ३४ करोड ४७ लाखले बढी… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान… पुरा पढौ

जनप्रिय मावि २०४९ समुहद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

माघ ७ पोखरा । पोखराको सिमलचौरस्थित जनप्रिय मावि २०४९ व्याजका भूपू विद्यार्थीको समुहले चापाकोट औसेलुचौरस्थित पञ्चकोसी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । समुहले कम्प्युटर सहित कापी, कलम, झोला लगायत सामग्री सहयोग गरेको हो । समुहका अध्यक्ष चन्द्र गिरीले विद्यालयका पूर्व शिक्षक कुलप्रसाद अधिकारी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद तिमिल्सीना लगायतलाई एक समारोहका विच उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष गिरीले बिपन्न अवस्थामा रहेका विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उद्येश्यका साथ… पुरा पढौ

छ महिनामा करिब सात खर्ब व्यापारघाटा

माघ ७ काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख… पुरा पढौ

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

माघ ७ म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल… पुरा पढौ

नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री प्रचण्ड

माघ ७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन् । युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताए । “सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ । नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने… पुरा पढौ

पोखरा महोत्सवमा आज ज्योति मगर र सुगम पोखरेल आउँदै

पोखरा । पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा आज एघारौं दिनमा प्रवेश गरेको छ । महोत्सवमा आज लोकदोहोरीतर्फ ज्योति मगर र साँझको लाइभ ब्याण्डतर्फ सुगम पोखरेलको विशेष प्रस्तुती रहने आयोजक यूनाइटेड क्लवले जनाएको छ । भोलि लोकदोहोरीतर्फ ज्योति मगरसहित जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यस्तै महोत्सव अन्र्तगत विद्यालय स्तरीय लोकनृत्य… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

पोखरा । मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिको आज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्वितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ पौडेल (नारन) (शुभकामना… पुरा पढौ

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

पोखरा । पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी सघं गण्डकीमा ५७ यूनिट रगत संकलन

पोखरा । कृषि विकास बैंक कर्मचारी सघं नेपाल गण्डकी प्रदेश समितीको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ५८ यूनिट रगत संकलन भएको छ । बैंकको पृथ्वीचोस्थित शाखा कार्यालयमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको पेशागत महासघं नेपालका केन्दिय सचिव राम प्रसाद खनालले सघंका पूर्व सल्लाहाकार घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा केन्द्रिय सल्लाहाकार महेश पौडेल ,विफु गण्डकी प्रदेश अध्यक्ष भेषराज घिमिरे ,नेपाल बंैक लि। कर्मचारी सघं अध्यक्ष ध्रुवपौडेल, नेपाल वित्तिय संस्था कर्मचारी सघंका अध्यक्ष… पुरा पढौ