अर्थ

सरकारले गर्यो दश महिनामा ६० प्रतिशत मात्रै बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख… पुरा पढौ

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना, थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,… पुरा पढौ

स्पोट्र्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा, ३० वैशाख ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ ।मञ्चले बुधबार ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक… पुरा पढौ

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला, बरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार, केदार पौडेल र प्रजापती

सन्देश श्रेष्ठपोखरा, बैशाख ३० नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । महासंघको पोखरामा भएको सातौं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा बिजयी भएका हुन् । बिजयी सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४६४ मत प्राप्त गरे । महासंघको बरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतीले ८२६, ऐनकुमार साईले ७४९ र केदार पौडेलले ५ सय ७९ मत ल्याएर बिजयी भए । बरिष्ठ उपाध्यक्षमा… पुरा पढौ

पोखरा महानगर लेखा समितिले भन्यो, निजी विद्यालयलको शुल्क र छात्रबृत्तिमा मनपरी

पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्तिका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले चासो देखाएको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति, भर्ना शुल्क, कक्षा ८ को परिक्षा केन्द्र, प्रश्नपत्र छपाईको… पुरा पढौ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ । निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो । ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिृकत पाण्डे ‘लोन रिकभरी कमिटी’को अध्यक्षको हैसियातमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको… पुरा पढौ

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिईन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएकोले पर्वतारोहण पर्यटनमा गण्डकी प्रदेशको अग्रणी स्थान रही आएको… पुरा पढौ

यातायात व्यवसायीलाई अपराधीको जस्तो व्यवहार बन्द गरियोस् : स्वाँर

सन्देश श्रेष्ठपोखरा, बैशाख २७ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा शुरु भएको छ । पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा आजदेखि शुरु महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । तीन दिनसम्म चल्ने पोखरा महाधिवेशनले तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । महासंघको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष द्वय पुण्यप्रसाद सिटौला (सरोज) र हरिशरण केसीले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । केदार क्षेत्रीले पनि आकांक्षा देखाए पनि चुनाव लड्ने पक्षमा उनी नरहेको उनी निकट एक प्रतिनिधिले बताए । सिटौला… पुरा पढौ

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट

मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन् भने… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना: रुख कटानको अनुमति प्राप्त

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको छ । अनुमतिअनुसार सरकारद्वारा भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन सतनचुली संरक्षित क्षेत्र तथा सतनचुली सामुदायिक वन,… पुरा पढौ