अर्थ

दुबई-पोखराको उडानका लागि टिकट बुकिङ खुल्ला, आउन ४० हजार, जान ५७ हजार

पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि हुने पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुल्ला भएको हो । यसअघि यो रुटमा हवाई सेवा सञ्चालन गर्ने तय भएको थियो । प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ। दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ।… पुरा पढौ

एन आई सी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्री प्रदान

पोखरा । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका–२ स्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य आवश्यक सामग्रीहरु सहयोगस्वरुप हस्तान्तरण गरेको छ । स्थानीयस्तरमा दैनिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उक्त स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज तथा सेवामैत्री बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्टबिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको बैंकका प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिनु भयो। उक्त सामग्रीहरु बैंकका… पुरा पढौ

सिल्भर ट्रयाङ्गलमा जोडिए पोखरा-भरतपुर-लुम्बिनी, पर्यटनलाई संयुक्त बजारमा लैजाने तयारी

पोखरा, जेठ २७नेपालका तीन फरक पहिचान बोकेका पर्यटकीय सहर—पोखरा, भरतपुर र लुम्बिनी—अब एउटै पर्यटन यात्रामा जोडिने भएका छन्। स्थानीय तहबीच भएको त्रिपक्षीय समझदारीसँगै ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले औपचारिक गति पाएको छ।पर्यटन राजधानी पोखरा, बुद्ध जन्मस्थल लुम्बिनी र जैविक विविधताको केन्द्र भरतपुरलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित सहकार्य सुरु गरिएको हो। पोखरामा भएको कार्यक्रममा तीन स्थानीय तहले पर्यटन प्रवर्द्धन, ब्रान्डिङ, बजार विस्तार र गन्तव्यबीचको पहुँच सहज बनाउने विषयमा सहमति गरेका छन्।सम्झौताले पर्यटकलाई एउटा सहरबाट अर्को सहरसम्म लैजाने मात्र होइन, एउटै… पुरा पढौ

प्रोमोसनल टुरका लागि नाट्टा गण्डकी कलकत्ता जाँदै

पोखरा, जेठ २८ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा हुने ‘पोखरा–नेपाल प्रोमोसनल क्याम्पेन एण्ड बी टु बी सेल्स मिसन’ भारतको पश्चिम बंगालस्थित कलकत्तामा गर्न लागेको नाट्टा गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रोमोसनल टुर बुधबारदेखि शुरु भई असार १ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकी प्रदेश अध्यक्ष किशोर तिवारीले बताए । टुरमा नाट्टाका २२ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी… पुरा पढौ

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्। प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको अनुमान ९बजेट० का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले… पुरा पढौ

सजिलो सहकारीद्वारा प्रोत्साहन वृति कोष स्थापना

पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले ‘सजिलो साकोस प्रोत्साहन वृति’ अक्षयकोष स्थापना गरेको छ। सहकारीले १३ औं स्थापना दिवसको अवसर पारेर लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मा.विमा १ लाख ११ हजार १११ रूपैयाँ दश पैसाको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।अक्षय कोषको रकम हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक क्षेत्रमा सजिलो सहकारीले गरेको कार्य अनुकरणीय रहेको बताए। उनले सहकारीले आर्थिक कारोबार मात्र नगरी शिक्षा, स्वास्थ्य… पुरा पढौ

सहकारी ठगीका जितेन्द्र थापा पोखरामा पक्राउ

सहकारी ठगी गरी फरार रहेका नेपालगंजका जितेन्द्र थापा पोखरामा पक्राउ परेका छन् । ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका थापालाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खट्टिएको प्रहरी टोलीले मंगलबार पोखरा ८ सिर्जनाचोकबाट पक्राउ गरेको हो । बाँकेको नेपालगंज उप महानगरपालिका वडा नं. १ बस्ने थापा विरुद्ध बाँके जिल्ला अदालतमा ठगी कसुरमा मुद्धा चलेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी… पुरा पढौ

नवग्रह मन्दिर : धार्मिक पर्यटनको नयाँ गन्तव्य

सन्देश श्रेष्ठपोखरा, जेठ २६ स्याङ्जाको नवग्रह मन्दिर पर्यटनको नया गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा स्थापित हुन थालेको हो । केहि वर्ष अघिसम्म सामान्य ठाउँका रुपमा रहेको यो ठाउँ अहिले नवग्रह मन्दिर बनेसँगै धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । स्याङ्जाको हेलुबाट ७ किलोमिटर पश्चिम रहेको यो मन्दिरमा हरेक शनिबार ५ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । कहिलेकाहिं त १२ हजारसम्म भक्तजन पुग्ने गरेको अर्जुनचौपारी… पुरा पढौ

पोखराको सार्वजनिक यातायात सुधारका लागि ‘स्मार्ट र दिगो मोबिलिटी’ मा जोड

पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वव्यापीजलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ । संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन… पुरा पढौ

फेवातालका डुंगा चालक र यात्रुहरुको बिमा

जेष्ठ २५,पोखरा फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न… पुरा पढौ