अर्थ

यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन बैशाख २७ गतेदेखि पोखरामा हुँदै

सन्देश श्रेष्ठपोखरा, बैशाख २५ पोखरामा बैशाख अन्तिम साता देशभरीका यातायात व्यवसायी भेला हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन् । महाधिवेशन यहि बैशाख २७ गतेदेखि २९ गतेसम्म हुने शुक्रबार महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा ईभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका ७७ जिल्लाका २ हजार व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकरी दिए । उनले भने,‘यात्रुबाहक तथा मालबाहक सवारी साधनका… पुरा पढौ

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले कार्कीसहित तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप… पुरा पढौ

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीको शपथ, अध्यक्ष श्रेष्ठद्वारा पदबहाली

नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगत्तै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ गराएका छन् ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदबहाली गर्दै नयाँ सरकारसँग केही संवाद भइसकेको र निजी क्षेत्रको मनोबल बढाउन रणनीतिक प्रस्ताव पनि गरिएको बताए । उनका अनुसार, विगतमा ६ खर्ब रुपैयाँ हाराहारी सहकारीमार्फत ‘एसएमई’हरूमा परिचालन… पुरा पढौ

महायज्ञमा भण्डारी परिवारद्वारा १ लाख ११ हजार १ सय रुपैयाँ योगदान

पोखराको हेमजामा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ। यसैक्रममा पोखरा–०५, मालेपाटन निवासी टंकबहादुर भण्डारी तथा मिरासिंह भण्डारी केसीले मानवसेवा आश्रम, हेमजाको अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार महायज्ञमा सहभागी जनाउँदै भण्डारी दम्पत्तीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान प्राप्त भएको आयोजकले जनाएका छन् । मानवसेवाको पवित्र भावनासहित गरिएको यस योगदानले आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको व्यवस्थापन तथा सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।… पुरा पढौ

चिनियाँ सद्भावः व्यापारिक भवनमा उपल्लो मुस्ताङका व्यापारीलाई निःशुल्क स्थान

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका व्यापारीलाई कोरलास्थित व्यापारिक भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ । उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले जानकारी दिए । नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए । उक्त भवनमा व्यापार गर्न चाहने ४५… पुरा पढौ

जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै सकियो अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद

सन्देश श्रेष्ठपोखरा, बैशाख २३ जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद सकिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ चौरमा मंगलबारदेखि शुरु भएको सम्मेलन १५ बुँदे माछापुच्छ्रे घोषणा पत्र जारी गर्दै बुधबार सकिएको हो । जलवायु परिवर्तन र हिमाली क्षेत्रको संरक्षणमा केन्द्रित सम्मेलनले जलवायु परिवर्तन कम गर्न वन डढेलो नियन्त्रण र न्यूनीकरणका लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणाली सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । जलवायुजन्य जोखिममा परेको गण्डकी प्रदेशका पर्यावरण र समुदायको उत्थानशिलता अभिवृद्धि गर्ने कार्यमा सबै… पुरा पढौ

उद्योग वाणिज्य महासंघमा पोखराका अन्जन श्रेष्ठको नेतृत्व, पोखराकै छत्रधर र हिरा पनि सदस्यमा निर्वाचित

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पोखराका अञ्जनकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् । महासंघको सोमबार र मंगलबार काठमाडौँको कमलादीमा भएको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले चार उपाध्यक्षसहित ६८ सदस्यीय कार्यकारिणी निर्वाचित गरेसँगै यस अघिका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधानत नेतृत्व सम्हाल्न लागेका हुन् । साधारणसभामा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले छुट्टाछुट्टै प्यानल निर्माण गरेका थिए । निर्वाचन समितिबाट प्राप्त नतिजाअनुसार दुवै प्यानलबाट मिश्रित ढङ्गले पदाधिकारी तथा सदस्य चयन भएका छन् । दुई दशकभन्दा लामो… पुरा पढौ

रुग्ण र अधुरा आयोजनालाई प्राथमिकता दिन जिल्ला समन्वय समिति कास्कीको आग्रह

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बहुबर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । समितिको मंगलबार सम्पन्न ४८ औ बैठकले उक्त निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिए । पौडेलले विभिन्न कारणले बिगतका सरकारका बार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुइ दर्जन आयोजनाका लागि रकम बिनियोजन गरेर पनि निर्माणमा अबरोधका कारणको पहिचान सहित यथाशिघ्र निर्माण सम्पन्न हुने गरेर अगाडी बढाउँन सिफारिस गर्ने निर्णय गरिएको… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा ३५ हजार ९५४, मङ्सिरमा १४ हजार ९४१, पुसमा २९ हजार ९८०, माघमा १६ हजार ६१२ र फागुनमा २९ हजार ८१२ पर्यटक भित्रिएका हुन् ।… पुरा पढौ

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ । गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका… पुरा पढौ