पर्वत । पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् । कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको जनाउँदै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेकामा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुई जनामात्र कार्यरत रहेका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका…
पुरा पढौ